विष्णुदेवी शिक्षा सदनलाई एभरेष्ट बैंकको सहयोग, सिएसआर अन्तर्गत शैक्षिक सामग्री वितरण

बिजमाण्डू
२०७५ असार ५ गते १८:३५ | Jun 19, 2018

काठमाडौं। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले सतुंगलमा अवस्थित सामुदायिक बिष्णुदेवी शिक्षा सदनलाई शैक्षिक सामग्री वितरण गरेको छ।
 
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक एलवी प्रभाकरले शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण गरेका छन्। 
 
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो । 
 
एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जालमार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

Tata
GBIME
Nepal Life