होङसी शिवम सिमेन्टले केही दिनभित्रै एनएस पाउने, सिमेन्टको मूल्य ८५० रुपैयाँ, कस्तो छ गुणस्तर?

बिजमाण्डू
२०७५ असार ६ गते १२:४५ | Jun 20, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी शिवम सिमेन्टले केही दिनभित्रै नेपाल गुणस्तर चिन्ह(एनएस)पाउने भएको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागले उत्पादित सिमेन्टको सबै परीक्षण पूरा गरेर प्रतिवेदन तयार गरिसकेको जनाएको छ।'सिमेन्टको गुणस्तर अध्ययनको प्रतिवेदन आइसकेको छ।केही दिनभित्रै बोर्ड बैठक बसेर हामीले निर्णय गर्दैछौ',विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिजमाण्डूसँग भने,गुणस्तर चिन्ह पाउन योग्य देखिएको छ।'

उद्योग एक महिना अघिदेखि संचालनमा आएको हो।तर पूर्ण क्षमतामा भने चलेको छैन।स्रोतका अनुसार सुरुवातमा सिमेन्टको गुणस्तर राम्रो नभएपछि उत्पादन बजारमा पुर्याएन।'अहिले उद्योग पूर्ण क्षमतामा चलेको छैन।सिमेन्टको गुणस्तरनै राम्रो हुन नसकेकोले उत्पादन कम भएको हो'उद्योगका एक कर्मचारीले बिजमाण्डूलार्इ भने ,सुरुवातमा मेसिनहरु सेट नभइसकेकोले गुणस्तरमा सबै उद्योगको समस्या हुने गर्छ।'

उद्योगबाट पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुनेछ। पूर्ण क्षमता १२ हजार टन हो। उत्पादनको नाम ‘होङसी’ हुने छ।सिमेन्टको मूल्य ८ सय ५० रुपैयाँ राखिएको स्रोतले बतायो।पाल्पामा क्लिङकर खानी किनेको छ। तर अहिले उद्योगमा आवश्यक चुनढुंगा भने शिवम र भारतबाट ल्याएको हो।खानीसम्म बाटो नपुगेकोले अन्यत्रबाट चुनढुंगा लिएको हो। दुई सय बिघा क्षेत्रफलमा फैलिएको होङशी शिवम सिमेन्ट उद्योगमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी छ।
 
उद्योगबाट ओपिसी सिमेन्ट नौलाख २० हजार टन र पिपिसी सिमेन्ट १३ लाख ८० हजार टन उत्पादन हुनेछ। उद्योगमा एक हजार ५० जनाले रोजगारी पाउनेछन्। उद्योगका लागि ५० मेगावाट विजुली आवश्यक पर्छ।