विदेशमा १८ वर्ष खप्ने कालोपत्रे नेपालमा किन एक महिनामै उप्किन्छ? एउटै सडकमा वर्षेनी करोडौं खर्च

बिजमाण्डू
२०७५ असार ६ गते १३:५१ | Jun 20, 2018
विदेशमा १८ वर्ष खप्ने कालोपत्रे नेपालमा किन एक महिनामै उप्किन्छ? एउटै सडकमा वर्षेनी करोडौं खर्च


Tata
GBIME
Nepal Life

काठमाडौं।गुणस्तरहीन विटुमिन र निर्माण सामाग्रीका कारण विकसित देशहरुमा १७/१८ बर्षभन्दा बढी टिक्ने कालोपत्रे नेपालमा भने एक बर्ष पनि नटिक्ने पाइएको छ।

नेपालका अधिकांश सडकहरु बर्षेनी कालोपत्रे हुन्छन तर एक महिना नवित्दै उप्किन्छन्। र ती कच्ची सडकमा परिणत हुन्छ।गुणस्तरहीन कालोपत्रेका कारण राज्यको अर्बौ रुपैयाँ सडकमा खर्चिनुपरेको छ।एउटै सडकका लागि वर्षेनी कालोपत्रेका नाममा राज्यको ढुकुटी खेर गइरहेको छ।सस्तो मूल्यको विटुमिनका कारण सडकमा वर्षेनी अर्बौ रुपैयाँ खेर गएको हो।

सडक विभागका अनुसार सामान्यतया ओटासिल,सर्फेस ड्रेसिङ,प्रिमिक्स,एसफल्ट गरि चारवटा विधिबाट कालोपत्रे गरिन्छ।ओटासिल सबैभन्दा पूरानो र सस्तो विधि हो। एसफल्ट सबैभन्दा नयाँ र महँगो विधि मानिन्छ।तुलनात्मक रुपमा एसफल्टको आयु सबैभन्दा बढी हुन्छ।ओटासिल विधि सबैभन्दा पूरानो भएकाले यो अहिले पूर्ण रुपमा हटार्इसकेको विभागले जनाएको छ।

अहिले यो विधि  प्रचलनमा छैन्।सर्भेस ड्रेसिङ विधिमा सव वेस र वेस राखेर ग्राभेलस्तरको सडक तयार पारिन्छ।उक्त ग्राभेलस्तरको सडकको सतहमा विटुमिन मात्रै पहिला राखिन्छ।विटुमिन राखेपछि त्यसमाथि स्पेडरबाट चिप्स राखिन्छ।त्यसमाथि रोलिङ गरिन्छ।प्रिमिक्स विधिबाट कालोपत्रे गर्दा विटुमिन,फाइन मेटेरियल लगायतका सामाग्री आवश्यकता अनुसार राखेर उपलब्ध भएसम्म मेसिनमै पकाइन्छ।त्यसपछि ग्राभेलस्तरको सडकमा त्यो राखिन्छ र मेसिनले रोलिङ गरिन्छ।

एसफल्ट सबैभन्दा नयाँ विधि हो।यो अन्य कालोपत्रे विधिका तुलनामा महँगो पर्छ।यसमा पनि प्रिमिक्समा जस्तै विटुमिन,फाइनल मेटेरियल(बालुवा,चिप्स आदि) मिसाएर पकाइन्छ।र, कालोपत्रे गर्न प्रयोग गरिन्छ।प्रिमिक्स जस्तै विधि भएपनि यसमा उच्च गुणस्तरको विटुमिन प्रयोग गरिन्छ।

एसफल्ट विधिबाट कालोपत्रे गर्दा प्रति किलोमिटरको तरार्इमा करिव ७ करोड र पहाडमा १० करोड रुपैयाँसम्म लाग्ने गरेको सडक विभागका एक प्राविधिक जानकारी दिए।उनका अनुसार विशेष ठाउँका लागि भने अझै बढी लागत लाग्न सक्छ। उनका अनुसार सबैभन्दा पहिले सडकमा ट्राफिक,औसतमा सवारी साधनको चापस,एक्सल लोड,सडकको भौगोलिक लगायतलार्इ हेरेर डिजाइन तयार पारिन्छ।यो डिजाइनमा कस्तो विधि प्रयोग गर्ने भनि उल्लेख गरिएको हुन्छ।सोही डिजाइनका आधारमा सडक निर्माण गरेर कालोपत्रे गरिन्छ।

सामान्यतया सर्फेस ड्रेसिङ ५ बर्ष,प्रिमिक्स ६ बर्ष र एसफल्ट ८ बर्ष टिक्छ।तर नेपालमा १ बर्ष पनि टिक्दैन्।

कालोपत्रे किन टिक्दैन ?
कालोपत्रे नटिक्नुको प्रमुख कारण ठेकेदारको लापारबाही रहेको सडक विभागका एक इन्जिनियर जानकारी दिए

।उनका अनुसार अधिकांश ठाउँहरुमा गुणस्तरहीन सामाग्री प्रयोग गरेका कारण कालोपत्रे नटिकेको हो।कालोपत्रेमा प्रयोग गरिने चिप्स,वालुवा,विटुमिन जस्ता पदार्थहरु गुणस्तरहीन भएमा आयु खस्कन्छ।चेकजाँच र निरीक्षण गर्ने सरकारी संयन्त्र वलियो नहुदा यस्तो समस्या देखिएको हो।
कालोपत्रेमा अपनाउनुपर्ने न्यूनतम मापदण्ड पूरा नहुँदा पनि चाँडै उप्किने गर्छ।

सडकको भारवहन क्षमताभन्दा ठूला सवारीसाधन गुडाएमा कालोपत्रेको आयु घट्दछ।डिजाइन अनुसार साना सवारीसाधनका लागि सडक तयार पार्ने तर ठूला मालवाहक सवारीसाधन गुडाउदा पनि कालोपत्रे टिक्दैन।

ती इन्जिनियरका अनुसार पानीको व्यवस्थापन हुन नसके सडकको कालोपत्रे टिक्दैन।पानी कालोपत्रेको सबैभन्दा ठुलो शत्रु हो।सडक बनाउँदा सर्फेस ड्रेनेज र सव सर्फेसन ड्रेनेज दुवैको व्यवस्थापन गर्नुपर्छ।सव सर्फेस ड्रेनेज भनेको सतह मुनी पलाउने पानीको व्यवस्थापन गर्नका लागि होभने सर्भेस ड्रेनेज आकाशबाट परेको पानी व्यवस्थापन गर्नेलार्इ भनिन्छ। (कहाँबाट आउँछ विटुमिन अर्को समाचार)