‘डेट एक्सपायर’ सामान ल्याएर नेपालमा बिक्री, मिति मेटाएर नयाँ लेभल लगाउने गिरोह प्रहरी फन्दामा

बिजमाण्डू
२०७५ असार ६ गते १५:०० | Jun 20, 2018
‘डेट एक्सपायर’ सामान ल्याएर नेपालमा बिक्री, मिति मेटाएर नयाँ लेभल लगाउने गिरोह प्रहरी फन्दामा


Tata
GBIME
Nepal Life

वीरगंज।तपार्इ खानुभएको जुश कस्तो छ? मिति हेर्नुभएको छ?विदेशबाट आयात भएको विभिन्न उपभोग्य वस्तुको पूरानो लेभल मेटाएर नयाँ लेभल लगाउने गिरोह प्रहरीले पक्राउ गरेको छ।

म्याद गुज्रिएका सामानमा नयाँ मिति प्रिन्ट गर्ने गिरोहलार्इ पर्सा प्रहरीले वुधबार नियन्त्रणमा लिएको हो।म्याद गुज्रिएको समानमा नयाँ म्याद प्रिन्ट गर्ने एक गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।वीरगंज–५ रेल्वे रोडस्थित कौशल श्रीवास्तवको घरमा छापा मारेर ती समूहलार्इ प्रहरीले पक्राउ गरेको हो।‘

गोप्य सूचनाको अधारमा छापा हानी समानमा म्याद बढाउने गिरोहलाई समातेका छौ,हाल दुई जनालाई पक्राउ पनि गरिएको छ,विस्तारै यो कारखाना चलाउने गिरोहको बारेमा रहस्य खुल्दै जानेछ,’पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने ।

तीन पहिलेनै म्याद गुज्रिएको कोरियन कम्पनी डेलोश ब्राण्डको जुशमा नयाँ मिति राखेर बेचिरहेको भेटिएपछि प्रहरीले निगरानी बढाएको थियो।

गत मार्चमै म्याद सकेको जुसलाई नयाँ म्याद प्रिन्ट गरी बजारमा पठाउने तयारी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरगंज–११ श्रीपुरका लक्ष्मी साह कानु र पर्सा सुखवाप्रसौनी १ का ओमबहादुर कार्की रहेका छन् ।

कार्की घर गोदाम रेखदेख गर्ने व्यक्ति हुने भने कानु जुसको पछाडी पछि रहेको मितिलाई थिनरको सहायकताले मेटी नयाँ म्याद प्रिन्ट गर्ने प्राविधिक भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सौरभ सेल इन्टरनेशनल घण्टाघरको नाममा दर्ता रहेको फर्मबाट उक्त गोदाम र कारखाना सञ्चालनमा रहेको छ ।फर्मका सञ्चालक मूख्य कौशल श्रीवास्तव पक्राउ परेका छैनन्। प्रहरीले कोरियन जुसको ८० कार्टुन अर्थात ३५ सय पिस जुसको बोतल बरामद गरेको छ ।उक्त स्थानबाट आन्तरिक राजस्व कार्यालय पर्साको स्टाम्प,कर अधिकृतको छापलगायत दुई दर्जन विभिन्न कार्यालय तथा फर्मको छाप बरामद गरेको छ ।