नेपालमा चिनियाँ पर्यटक सबैभन्दा बढी, मे मा थाइ पर्यटकले उछिने, किन घटे बंगलादेशी?

बिजमाण्डू
२०७५ असार ७ गते ११:०१ | Jun 21, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। बैशाख र जेठमा नेपाल भ्रमणमा आउने बाह्य पर्यटकको संख्या ६८ हजार आठ सय पुगेको छ।
 
गत वर्षको तुलनामा बैशाख र जेठमा चीनबाट आउने पर्यटकको संख्या २५.२ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले तयार पारेको तथ्याङ्कले देखाएको छ।
 
विभागका अनुसार थाइल्याण्ड र सिङ्गापुरबाट क्रमशः ६२.१ प्रतिशत र ११.३ प्रतिशतले बढेको छ। 
 
गत वर्षको तुलनामा बैशाख र जेठमा ९.६ प्रतिशतले पर्यटकको वृद्धि भएको हो।
 
जनवरीदेखि मे महिनासम्म चार लाख ५४ हजार आठ सय ५५ बाह्य पर्यटकको आगमन भएको विभागले जनाएको छ।
 
विभागका अनुसार गत वर्ष जनवरीदेखि मे महिनासम्म आउने पर्यटकको संख्याको तुलनामा १२.५ प्रतिशतले वृद्धि भएको छ। 
 
बैशाख र जेठमा आउने बाह्य पर्यटकको संख्या गत वर्षको तुलनामा ८.६ प्रतिशतले वृद्धि भएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या २.२ प्रतिशतले वृद्धि भएको छ।
 
बंगलादेशबाट आउने पर्यटकको संख्या ४९.३ प्रतिशतले घटेको विभागले बताएको छ।   
 
विभागका अनुसार गत वर्षको तुलनामा अस्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका र क्यानडाबाट आउने पर्यटकको संख्या क्रमशः १०.४, २८.७, ७.४ र ५.३ प्रतिशतले वृद्धि भएको छ।