शिवम सिमेन्टलार्इ आइपिओ जारी गर्न धितोपत्र बोर्डले दियो अनुमति, शेयर मूल्य चार सय रुपैयाँ

बिजमाण्डू
२०७५ असार ७ गते १७:४५ | Jun 21, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।शिवम सिमेन्टले साधारण शेयर निष्कासनका लागि नेपाल धितोपत्र वोर्डवाट विहीबार अनुमति पाएको छ।

वोर्डले कम्पनीलार्इ प्रिमियम मूल्यमा शेयर जारी गर्न अनुमति दिएको हो।बोर्डले उत्पादनमूलक उद्योगलार्इ सर्वसाधरणमा शेयर जारी गर्न धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा परिवर्तन गरेको थियो।नियमावली परिवर्तनपछि शेयर जारी गर्न अनुमति पाउने शिवम पहिलो कम्पनी हो।

बोर्डले स्थानीय प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रति कित्ता ३ सय र सर्वसाधरणका लागि ४ सय रुपैयाँ मूल्य तोकेको छ। कम्पनीले विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललार्इ नियुक्त गरेको छ।कम्पनीले १२ प्रतिशत साधारण सेयर बिक्री गर्नेछ।जसमा स्थानीयलार्इ २ प्रतिशत र सर्वसाधारणका लागि १० प्रतिशत प्राथमिक शेयर निष्कासन गर्ने छ।कम्पनीले आठ लाख ८० हजार कित्ता स्थानीयलार्इ र ४४ लाख कित्ता सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने अनुमति पाएको हो।

वास्तविक क्षेत्रका कम्पनीलाई सर्वसाधारणमा लैजान सरकारले गरेको प्रोत्साहन र सर्वसाधारणलाई पनि साझेदार बनाउँदै उद्योग प्रभावित क्षेत्रका सर्वसाधारणलाई कम्पनीको हिस्सेदार बनाउन कम्पनीले शेयर निष्कासन गर्न लागेको हो। शेयर निष्कासन पछि प्राप्त हुने पूँजीले उद्योगको क्षमता बढाउने योजना बनाएको छ।

कम्पनीले गत पुस २५ गते १३औं साधारणसभाबाट १० प्रतिशत शेयर सर्वसाधारणलाई दिने विशेष प्रस्ताव पारित गरेको थियो। त्यही प्रस्ताव अनुसार २०७४ चैत ६ गते उद्योग प्रभावित क्षेत्र र सर्वसाधारणका लागि शेयर जारी गर्न बोर्डमा आवेदन दिएको थियो।सात वर्षअघि चार अर्ब लगानीमा स्थापना भएको शिवम् सिमेन्टले ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। दैनिक १९ सय टन क्लिंकर उत्पादन क्षमता भएको यो उद्योग हेटौंडाको हटियामा सञ्चालित छ।
 
उद्योगको दैनिक उत्पादन क्षमता ३ हजार टन सिमेन्ट छ। आफ्नै क्लिंकर खानी रहेको यो उद्योग सर्वसाधारणमा जान दुई वर्षअघि नै पब्लिकमा कम्पनीमा रूपान्तरण भएको थियो।