एलजीको १८ लाख रुपैयाँको टिभी नेपालमै बिक्री हुन्छ, विश्वकपमा टेलिभिजन बेच्ने मालामाल

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ असार ८ गते १२:३९ | Jun 22, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।कोरियन ब्राण्ड एलजीको नेपालको अधिकृत बिक्रेता सिजीले ८६ इन्चको सुपर एचडी टिभीमा २ लाख ९४ हजार रुपैयाँ छुट दिएको छ।

कम्पनीका अनुसार यो छुटपछि उपभोक्ताले  टिभी १५ लाख ८५ हजार ९ सय ९० रुपैयाँमा पाउनेछन्।विश्वकप फूटबललार्इ लक्षित गर्दै कम्पनीले झण्डै तीन लाख रुपैयाँको क्यासब्याक अफर ल्याएको हो।यो टिभी उच्च घरानालार्इ लक्षित टिभी हो।

कम्पनीका पुरुषोत्तम भण्डारीले विश्वकप फूटबलभरि टिभी किन्ने उपभोक्तालार्इ भारी छुट दिइएको बताए।‘विश्वकपमा टेलिभिजन सेट किन्ने ह्वात्तै बढेका छन्,उनले बिजमाण्डूसँग भने,अब सबै सुविधा भएका टेलिभिजन सेट किन्ने उपभोक्ता बढेका छन्।’उनका अनुसार यो वाहेक अल्ट्रा एचडी र एलजी स्मार्ट टिभीको बिक्रि बढेको जनाएको छ।

विश्वकप अफर लागु भएपछि एलजीको टिभी खरिद गर्दा ग्राहकले चार वर्षसम्मको वारेन्टी सहित आठ हजार रुपैयाँ देखि तीन लाख रुपैयाँसम्म क्यास ब्याक पाउन सक्ने कम्पनीका भण्डारीले बताए।ग्राहकले टिभी खरिद गर्दा पिक्चर क्वालीटीसँगै फिचरलाई विशेष प्राथमीकता दिँदै आएका छन्। बजारमा पाइने सामान्यतया एलइडी टिभी ९० डिग्रीमै बसेर हेर्नुपर्ने हुन्छ। तर एलजीको स्मार्ट एलजी, अल्ट्रा एलजी लगायत विभीन्न सिरीजका टिभी हेर्दा ९० डिग्रिमै बस्नु नपर्ने उनले बताए।

विश्वकप चलिरहँदा बजारमा एलजीको स्मार्ट र अल्ट्रा एचडी टिभीको माग धेरै बढेको छ। विश्वकप अवधिभर एलजीको टीभी खरिद गर्दा ३१ प्रतिशत सम्मको क्यास ब्याक अफर राखिएको भण्डारीले जानकारी दिए।

स्मार्ट टिभीको ३२ इन्च  देखि ५५ इन्च सम्म उपल्ब्ध छन्। विश्वकप अफर  अवधिभर ग्राहकले स्मार्ट टिभी ४९ हजार रुपैयाँ देखि एक लाख ३४ हजार रुपैयाँ सम्ममा खरिद गर्न सक्छन्। हाल एलजीको ४९ इन्चको स्मार्ट टिभी धेरै विक्री भइरहेको छ। जसको अफर मूल्य एक लाख दुई हजार नौ सय ९० रुपैयाँ रहेको  कम्पनीले जनाएको छ।

स्मार्ट टिभीमा वेब बेस अपरेटीङ सिस्टम भएको कारण  ग्राहकले रिमोटको  क्लिकको भरमा वाइफाइ जोडेर, मोवाइलमा कनेक्ट गरेर इच्छा अनुसारको मनोरञ्जन लिन सक्ने उनले जानकारी दिए। घर पुग्दा ग्राहकको मोवाइल स्वचालित टिभीमा कनेक्ट हुन्छ।  वाइफाइमा मोवाइल कनेक्ट गरीसकेपछि उक्त कुरा टिभी मै हेर्न सकिनेछ र डाउनलोड पनि गर्न सकिनेछ।

ग्राहकले विश्वकप अफर अवधिभर ४३ इन्चको अल्ट्रा एचडी टिभी ८९ हजार नौ सय ९० रुपैयाँमा खरिद गर्न सक्नेछन् । कम्पनीले मिक्सचर, भ्याकुम क्लिनर, टीभी, फ्रिज, एयर कन्डीसन, ओभन, वासिङ मेसिन लगायत घरेलु उपकरण विक्री गर्दै आएको एलजी ब्राण्डको अधिकृत विक्रेता चौधरी ग्रुपले जनाएको छ।