ग्राहक बढेपछि भूमिज कलेक्सनको शाखा कुपण्डोलमा, विदेश पनि निर्यात हुने

बिजमाण्डू
२०७५ असार ९ गते १५:०४ | Jun 23, 2018
ग्राहक बढेपछि भूमिज कलेक्सनको शाखा कुपण्डोलमा, विदेश पनि निर्यात हुने



 
काठमाडौं। भूमिज कलेक्सन एण्ड बुटीकले कुपण्डोलमा आफ्नो दोस्रो शाखा बिस्तार गरेको छ। काठमाण्डौंको नयाँ सडकबाट महिला पहिरनका उत्पादनको तिब्र बजारीकरण गरिरहेको भूमिजले सेवाग्राहीको चाप बढेपछि ललितपुरको कुपण्डोलमा शाखा बिस्तार गरेको हो। 
 
शनिबार एक कार्यक्रमका बिच नायिका सञ्चिता लुईटेल तथा ओशो तपोवनका सञ्चालक स्वामी अनन्द अरुणले भूमिज कलेक्सनको कुपण्डोल शाखाको उद्घाटन गरेका छन्। शाखा उद्घाटनको अवसरमा कुपण्डोल शाखाबाट हरेक सामान खरिद गर्दा असार महिनाभरी ग्राहकले विशेष किसिमको उपहार तथा छुट पाउने छन्।
 
फेशन डिजाईनिङ पेशामा आबद्ध ममता गुप्ता र मञ्जु खरेलले संयुक्त रुपमा नयाँ सडकमा ३ वर्ष पहिले बुटीक सञ्चालनमा ल्याएका थिए। ३ वर्षको अवधिमा आफ्ना उत्पादनले स्वदेश तथा विदेशमा बेग्लै पहिचान बनाएको भन्दै त्यो सफलतालाई अझै बिस्तार गर्न शाखा बिस्तार गरिएको सञ्चालकको भनाई छ।
 
समय अनुसार चलनचल्तीको फेशनमा नौलो प्रयोग गरिएका उत्पादनहरु सुपथ मूल्यमा सहज तरिकाले उपलब्ध गराएका कारण बजार बिस्तार सहज बनेको कलेक्सनकी सञ्चालक ममता गुप्ताको भनाई छ। 
 
‘जे देखियो, त्यही पाइयो भन्ने नयाँ प्रयोगका कारण पनि बुटीकको व्यापार तिब्र रुपमा बिस्तार भैरहेको छ। सेवाग्राहीलाई बुटीकले भिडियो कलबाट पहिरनको डिजाइन, नाप तथा अन्य विबरण लिएर सेवाग्राहीको घरमा सामान पुर्याउने गरेकाले हाम्रो लोकप्रियता बढेको छ’ भूमिज कलेक्सनका अर्का सञ्चालक मञ्जु खरेलले भनिन्। 


 
भूमिजको फेसबुक पेज, युट्युब च्यानल तथा आफ्नै वेबसाइट भूमिजअनलाइन डटकमबाट सिधै डिजाइन छनौट गरी खरिद गरिने उत्पादन सिधै स्वदेश तथा विदेशमा रहेका ग्राहकले कुरियरमार्फत पाउने छन्। 
 
बुटीकले विभिन्न फेशन शो, व्युटी पेजेण्ट जस्ता इभेण्टहरुको फाइनल राउण्डमा सहभागि मोडलहरुको ड्रेस डिजाइन गरिसकेको छ। विभिन्न शोहरुमा ड्रेस डिजाइन गरेर बुटीकले सर्टिफिकेट अफ एप्रिसिएशन समेत पाएको छ।
 
पछिल्लो समय बुटीक कल्चर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै उत्कृष्ट उत्पादनको बिक्री बितरण गर्ने लक्ष्य भूमिज कलेक्सनले लिएको छ। यसका लागि बुटिकले स्वदेश तथा विदेशमा थप शाखाहरु बिस्तार गर्दै लैजाने योजना बनाएको छ।

Tata
GBIME
Nepal Life