एभरेष्ट-लक्ष्मी बैंकको ‘स्वाप रेसियो’ असार २२ पछि, ‘क्लोजिङ’ सकिएपछि मर्जर बारे सम्झौता

बिजमाण्डू
२०७५ असार १८ गते १४:१७ | Jul 2, 2018
एभरेष्ट-लक्ष्मी बैंकको ‘स्वाप रेसियो’ असार २२ पछि, ‘क्लोजिङ’ सकिएपछि मर्जर बारे सम्झौता

 
काठमाडौं। एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जरका लागि भएको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) सकिएपछि शेयर मूल्य निर्धारण गर्न आएको टोलीले मूल्य निर्धाणरणमा बिलम्व गरेपछि मर्जर केही पर सरेको छ। 
 
अर्नस्ट एण्ड योङ (इएण्डवाइ) अडिट फर्मले डिडिएको काम सकेको थियो। मूल्यांकन रिपोर्ट बुझाइसकेको छ। कम्पनीलाई मूल्य निर्धारणका लागि जुन मसान्तसम्मको समय थियो।
 
इएण्डवाइबाट दुई बैंकको मूल्य (स्वाप रेसियो) निकाल्न आएको टोलीले निर्धारित समयमा काम नसकेको हो। टोलीले गत साता विवरण उपलब्ध गराएको भए यसैसाता मर्जरका लागि औपचारिक सहमति गर्ने दुबै बैंक पक्षको तयारी थियो।
 
निर्धारित समयमा मूल्यांकन प्रतिवेदन नदिएको इएण्डवाइ कम्पनीलाई सक्दो चाँडो काम टुङ्ग्याउन दुबै बैंक पक्षले निर्देशन दिएका छन्। डिडिएमा एभरेष्टको तुलनामा लक्ष्मी बैंकको अवस्था सवल देखिएको छ।
 
वित्तीय क्षेत्रसँग सम्बन्धित बीमा, लघुवित्त, सामूहिक लगानी कोष कम्पनीका कारण लक्ष्मी बैंकको अवस्था सवल देखिएको हो। एभरेष्टसँग पञ्जाव नेशनल बैंकको संयुक्त लगानी छ। 
 
अहिले एभरेष्टको निक्षेप १ खर्ब ६ अर्ब रुपैयाँ छ। लक्ष्मीको ६३ अर्ब २६ करोड रुपैयाँ थपिँदा निक्षेप पौने दुई खर्ब रुपैयाँ हाराहारी पुग्छ। एभरेष्टको कुल कर्जा ८८ अर्ब १७ करोडमा लक्ष्मीको ५८ अर्ब ६९ करोड थपिँदा निजी क्षेत्रका सबै बैंकभन्दा वढि अर्थात डेढ खर्ब रुपैयाँ नजिक पुग्छ।
 
असार २२ गते एभरेष्ट बैंकको सञ्चालक समिति बैठक बस्दैछ। त्यसलगत्तै स्वाप रेसियो प्राप्त हुने छ। त्यसपछि असार मसान्तको क्लोजिङमा दुबै बैंक लाग्ने छन्।
 
असार मसान्त सकिएपछि मात्र दुबै बैंकले मर्जरका लागि औपचारिक सहमति गर्ने योजना बनाएका छन्। 

Tata
GBIME
Nepal Life