पेट्रोलियम मूल्य किन घटबढ भएन? आयल निगमको यस्तो छ दाबी, ग्यासमा घाटा बढ्यो

बिजमाण्डू
२०७५ असार १९ गते १४:०१ | Jul 3, 2018
पेट्रोलियम मूल्य किन घटबढ भएन? आयल निगमको यस्तो छ दाबी, ग्यासमा घाटा बढ्यो

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाब नआएको भन्दै मूल्य यथावत राखेको छ।

इण्डियन आयल कर्पोरेशन(आइओसी)ले जुलार्इमा पठाएको नयाँ मूल्य अनुसार खासै घटबढ नभएको जनाउँदै निगमले मूल्य यथावत राखेको हो।नयाँ मूल्य अनुसार निगमलार्इ सबैभन्दा घाटा खाना पकाउने ग्यासमा छ।

निगमलार्इ एक सिलिण्डर ग्यासमा २ सय ३३ रुपैयाँ ९० पैसा घाटा हुनेछ।यो महिना ग्यासमा प्रति सिलिण्डर ९५ रुपैयाँ घाटा बढेर आएको निगमले जनाएको छ।पछिल्लो समयमा स्वचालित मूल्य संयन्त्र कार्यान्वयनमा ल्याएको निगमले ग्यासमा भने मूल्य बढ्दा नबढाउने रणनीति लिएको छ।

ग्यासको मूल्य बढ्दा हड्ताल हुने देखिएपछि निगमले ग्यासको मूल्य स्वचालित नबनाएको हो।निगमलार्इ पेट्रोलमा १ रुपैयाँ ७६ पैसा नाफा छ भने डिजलमा प्रतिलिटर ६७ पैसा घाटा छ।यो आधारमा निगमलार्इ जुलार्इ महिनामा ३ करोड ६२ लाख घाटा हुने देखिएको छ।