इटालियन ब्राण्ड किकोका बेबी प्रोडक्ट नेपाल भित्रियो, लबिम मलको ‘फस्ट स्माईल’ शोरुममा पाइने

बिजमाण्डू
२०७५ असार २५ गते १३:५६ | Jul 9, 2018

 
काठमाडौं। इटालियन ब्राण्ड किकोका बेबी प्रोडक्ट नेपालमा लञ्च भएको छ। चौधरी ग्रुपले पुल्चोको लबिम मलमा खोलेको ‘फर्स्ट स्माइल’ शोरुममा किकोका सम्पूर्ण बेबी उत्पादनहरु पाइने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

कीकोको धेरै र विभिन्न उत्पादनहरु रहेको फस्ट स्माईलमा नर्सिङ्ग, कस्मेटिक, खेलौना र ट्राभल (स्ट्रोलर, हाईचेयर र कार सेफ्टी सिट) समेत राखिएको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

१२० भन्दा बढी देशमा फैलिएको किकोको विश्वभर सातसयभन्दा बढी आउटलेटहरु छन् भने यसको बार्षिक ९० करोड यूरो बराबरको बिक्री हुने गरेको बताइएको छ।

जन्मेदेखि तीन वर्षका बच्चाहरुको सम्पूर्ण आवश्यकताहरु पूरा गर्न किकोका उत्पादनहरुले सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।