ओली सरकारको उपहार: खानेतेल लिटरमै २० रुपैयाँ मूल्य बढ्यो, मैदाको मूल्य १० रुपैयाँ बढ्यो






काठमाडौं। बजेटबाट राजस्वको दर हेरफेर हुँदा खाद्य वस्तुको मूल्य बढेको छ। कृषिजन्य वस्तुमा दिर्इँदै आएको मूल्य अभिवृद्धि कर(भ्याट) फिर्ता हटाउने र केही खाद्य वस्तुमा अन्तशुल्क लगाउने निर्णयले मूल्य बढेको हो।अहिले बजारमा खानेतेल र ड्राइफूडको मूल्य बढिसकेको छ। ‘खाने तेलमा प्रतिलिटर १५ देखि २० रुपैयाँ सम्म महँगिएको छ।‘


नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले भने, ‘चामल, मैदा, पिठो, मसला, चिप्स लगायत सबै वस्तुको थोक मूल्य वृद्धि भएपनि उपभोक्ता मूल्य भने वृद्धि गरिएको छैन।’

थोक बजारमा सबै सामानको मूल्य बढेपनि खुद्रा बजारमा भने अहिले तेल र चाउचाउको मात्रै मूल्य वृद्धि गरिएको छ। चाउचाउ प्रतिप्याकेट १५ र १७ रुपैयाँमा बेच्दै आएकोमा अहिले २० रुपैयाँ खुद्रा मूल्य तोकिएको छ। अव साउनदेखि आयातित सामानको मूल्य झनै बढ्ने बज्राचार्यले बताए।

बजेट अघि ४० रुपैयाँ पर्ने तरकारी मसलाको मूल्य अव ५० रुपैयाँ पुगेको उनले बताए। २० रुपैयाँ पर्दै आएको लुगाधुने सावुनको मूल्य ३० रुपैयाँ पुगेको छ।दाल, चामल, मैदा ललगायतका खाद्य वस्तुमा पनि प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म मूल्य बढेको बज्राचार्यले बताए। विदेशबाट आयात हुने कतिपय वस्तु बजारमा नआइसकेकोले मूल्य यथावत छ।


Share this Story

   

ओली सरकारको उपहार: खानेतेल लिटरमै २० रुपैयाँ मूल्य बढ्यो, मैदाको मूल्य १० रुपैयाँ बढ्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.