दूरसञ्चार सेवामा कर बढेपछि एनसेलको सेवा महँगियो, कम्पनी भन्छ, ‘पुरानो शुल्कमा कर मात्रै बढ्यो’

बिजमाण्डू
२०७५ साउन १ गते ११:४२ | Jul 17, 2018
दूरसञ्चार सेवामा कर बढेपछि एनसेलको सेवा महँगियो, कम्पनी भन्छ, ‘पुरानो शुल्कमा कर मात्रै बढ्यो’

काठमाडौं। दूरसञ्चार सेवा प्रदाएक एनसेलले मंगलबारबाट आफ्ना सम्पूर्ण सेवाको मूल्य समायोजन गरेको छ। सरकारले दूरसञ्चार सेवा शुल्कमा हालै गरेको वृद्धिअनुरुप नयाँ दूरसञ्चार सेवा शुल्क दर लागु हुने कम्पनीले जनाएको छ।
 
एनसेलले करअघिको मूल्यमा परिमार्जन नगरी करको दर मात्रै कार्यान्वयन गरेको जनाएको छ। ‘नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन,ु एनसेलले विज्ञप्तीमार्फत भनेको छ। कम्पनीले डेटा र भ्वाइसमा ग्राहकका लागि नयाँ योजना ल्याउने पनि कम्पनीले जनाएको छ।
 
दूरसञ्चार सेवा शुल्क र करसहित समायोजित मूल्य मंगलबारबाट कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ। सरकारले समसामयिक कर असुली ऐनअन्तर्गत गरेको आदेश तथा आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमा गरेको घोषणामा भ्वाइस तथा अन्य दूरसञ्चार सेवामा लाग्दै आएको ११ प्रतिशत दुरसञ्चार सेवा शुल्कलाई १३ प्रतिशत कायम गरेको छ भने इन्टरनेट सेवामा पनि १३ प्रतिशत सेवा शुल्क लगाइएको छ।
 
कम्पनीले मंगलबारदेखि लागु हुने गरी ल्याएको नयाँ योजनामा एनसेलले आफ्ना ग्राहकलाई थप डेटा भल्युम सहितको विभिन्न नयाँ दैनिक, ३ दिने, साप्ताहिक र मासिक डेटा प्याकहरु ल्याएको छ। त्यस्तै भ्वाइस सेवामा थप टक टाईम प्रदान गर्दै कम्पनीले नयाँ दैनिक, ३ दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाईस प्याकहरु ल्याएको छ।
 
 
नयाँ डेटा योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकलाई शुल्कको थप मुल्य प्रदान गर्ने गरी आकर्षक प्याक ल्याएको जनाएको छ।  दैनिक प्याकमा ग्राहकले मात्र ९ रुपैयाँमा ३५ एमीि डेटा खरिद गर्न सक्ने र त्यसमा थप ३५ एमीिको फोरीि डेटा भल्युम बोनसस्वरुप निःशुल्क प्राप्त गर्नेे कम्पनीले उल्लेख गरेको छ।

Tata
GBIME
Nepal Life