सिटिजन्स बैंकलाई एफपिओ निष्कासन अनुमति, २ सयका दरले ४ लाख ६३ हजार कित्ता आउने

बिजमाण्डू
२०७५ साउन १ गते १७:२० | Jul 17, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले एफपिओ निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलार्इ एक सय रुपैयाँ प्रिमियमसहित २०० रुपैयाँमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्कासन गर्ने अनुमति दिएको हो।

बैंकलार्इ एफपिओकालागि ९ करोड २७ लाख रुपैयाँ आवश्यक पर्छ। जसमा ४ करोड ६३ लाख रुपैयाँ चुक्तापूँजीमा जोडिनेछ भने त्यतिनै पैसा जगेडा कोषमा जम्मा हुनेछ।

एफपिओ पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ। साथै गत चैतसम्मको जगेडा कोषमा एफपिओको प्रिमियम सहित २ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ। बैंकको एपपिओ निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमर्इ क्यापिटल रहेको छ।

नेपाल राष्ट्र बैंकले निर्देशन गरेको पूँजी जुटाइसकेको छ। बैंकले संस्थापक र सर्वसाधारणको शेयरको अधिकतम अनुपात ५१:४९ लार्इ पूरा गर्न खोजेको देखिन्छ।

दोस्रो बजारमा मंगलबार बैंकको २३३ रुपैयाँमा करोबार भएको छ। १८० दिनको औसत मूल्य २७२ रुपैयाँ भएपनि एक वर्षमा अधिकतम ४१२ रुपैयाँसम्म कारोबार भएको छ। 

चुक्ता पूँजीको संरचना  

पूँजी संरचना हालको संरचना चुक्ता पूँजी एफपिओ पश्चात चुक्ता पूँजी
संस्थापक 51.32 4122656715 51.03 4122656715
सर्वसाधारण 48.68 3910579285 48.97 3956961885
जम्मा 100 8033236000 100 8079618600