अमेजनका मालिक बेजोस बने आधुनिक इतिहासकै धनी, बिल गेट्सलाई निकै पछि पार्दै इतिहास रचे

बिजमाण्डू
२०७५ साउन २ गते १२:५७ | Jul 18, 2018

सोमबार विश्वभर अमेजन डट कमको ३६ घण्टे अफर चलिरहेकै बेला यसका संस्थापक जेफ बेजोसले इतिहास रचे।

Tata
GBIME
Nepal Life

अमेजन प्राइम डे सेल चलिरहेकै बेला जेफ बेजोसको नेट वर्थ सार्वजनिक भयो जसले उनी आधुनिक विश्वकै सबैभन्दा धनी मानिस बने।

ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार सोमबार न्यूयोर्कमा बेजोसको कुल सम्पत्ति १५०  अर्ब डलर मूल्यांकन भएको छ।

यो माइक्रोसफ्टका सह संस्थापक तथा विश्वका दोस्रा धनी बिल गेट्सको सम्पत्तिको तुलनामा ५५ अर्ब डलर बढी हो।

बिल गेट्सले सन् १९९९ मा एकसय अर्ब डलरको नेट वर्थ बनाएका थिए। हालको सम्पतिको मूल्यांकन अनुसार जोसेफ आधुनिक इतिहासमा हालसम्मकै सबैभन्दा धनी ब्यक्ति बनेका छन्।

सन् १९८२ देखि फोर्ब्सले धनाढ्यको सूची जारी गर्न सुरु गरेको थियो। त्यसयता यति धेरै सम्पत्ति कसैको पनि थिएन।

गत सोमबार अमेरिकी बजारमा कारोबार चल्दै गर्दा एकपटक अमेजनको शेयर मूल्य १८सय ४१.९५ डलरसम्म पुगेर रेकर्ड कायम गरेको थियो।

पछि थोरै घटेर १८२२.५९ डलर कायम भयो। शेयर बजारमा अमेजनको शेयरको भाउ घट्दै जाने हो भने बेजोसको सम्पत्ति पनि १५० अर्ब डलरबाट तल झर्दै जानेछ।

तर बिगत सात महिनामै उनको सम्पत्तिमा ५२ अर्ब डलरले बृद्धि भएको छ। सन् २०१८ मा मात्रै अमेजनको शेयर मूल्य ५५ प्रतिशतले बढेको छ।