शिवम् सिमेन्टको स्थानीयलार्इ आइपिओ साउन ११ गतेदेखि, तीन सय रुपैयाँमा शेयर किन्न हुन्छ?

बिजमाण्डू
२०७५ साउन ३ गते १०:२५ | Jul 19, 2018
शिवम् सिमेन्टको स्थानीयलार्इ आइपिओ साउन ११ गतेदेखि, तीन सय रुपैयाँमा शेयर किन्न हुन्छ?

Tata
GBIME
Nepal Life

काठमाडौं। शिवम् सिमेन्टले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रको लागि साउन १३ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिशेयर ३०० रुपैयाँको दरमा ८ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको हो। प्रतिसाधारण शेयर एक सय रुपैयाँमा थप २०० रुपैयाँ प्रिमियमसहित ३०० रुपैयाँमा भदौ ११ गतेसम्म मकवानपुर जिल्लाका वासिन्दा शेयर भर्न पाउने छन्। स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

कम्पनीको स्थीर सम्पती ४ अर्ब १९ करोड रुपैयाँलार्इ आधार मान्दा उद्योगको साधारण लगानी अवको २ वर्ष ६ महिनामा फिर्ता हुने अनुमान गरिएको छ। कम्पनीको संस्थापक शेयर पूँजी ८८ प्रतिशत अर्थात तीन अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने बाँकी सर्वसाधारण तर्फको १२ प्रतिशत अर्थात ५२ करोड ८० लाख रुपैयाँ सहित जम्मा पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ।

कम्पनीले अर्को सहायक कम्पनी होङ्सी सिमेन्ट पनि छ। कम्पनीले प्राथमिक शेयर निष्काशन पुर्वको प्रतिशेयर आम्दानी २४ रुपैयाँ रहेको छ।कम्पनीको क्रेडिट रेटिङ अन्य हाइड्रोपावर कम्पनीको भन्दा राम्रो देखिन्छ। इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार कम्पनीको क्रेडिट रेटिङ 'इक्रा एनपि आइपिओ ग्रेड ३ प्लस' रहेको छ। यस्तो ग्रेडले औषत आधारहरु जनाउँछ।

आइपिओ आवदेनको लागि धितोपत्र बोर्डबाट आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। हाल मकवानपुरमा आश्वा सुविधा प्रदान गर्ने बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुको २५ वटा शाखा रहेका छन्। कम्पनीले उद्योग प्रभावित क्षेत्रमा शेयर बिक्री गरेपछि प्रतिशेयर एक सय रुपैयाँमा तीन सय रुपैयाँ प्रिमियम थप गरि सर्वसाधारणको लागि निष्काशन गर्ने जनाएको छ।