सेञ्चुरी बैंकको ब्राण्ड एम्बेसडर बने पारस खड्का र प्रतिभा माली, बैंकिङ प्रवर्द्धनमा सघाउने

बिजमाण्डू
२०७५ साउन ३ गते १०:५१ | Jul 19, 2018
सेञ्चुरी बैंकको ब्राण्ड एम्बेसडर बने पारस खड्का र प्रतिभा माली, बैंकिङ प्रवर्द्धनमा सघाउने


काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेटका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमकी सदस्य प्रतिभा मालीलाई एक वर्षको लागि ब्रान्ड एम्बेसडर बनाएको छ।

Tata
GBIME
Nepal Life

बैंकले खेल क्षेत्रसंग सम्बन्ध जोड्दै आफनो सेवाको बिकास र बिस्तारमा हातेमालो गर्न खेलाडीहरु ब्राण्ड एम्बेसडर बनाएको जनाएको छ।

खेलाडीहरुको नियुक्तिले बैंकको लोकप्रियता तथा व्यवसायिक अभिवृद्धिमा मद्धत पुग्ने  विश्वास रहेको बैंकले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

ब्राण्ड एम्बेसडर नियुक्ति कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रमुख बजार अधिकृत रन्जन खड्काको उपस्थिती थियो ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।