राष्ट्रिय वाणिज्य बैंकले नेको इन्स्योरेन्सको बीमा बेच्ने, बैंकका सबै शाखाबाट बीमा सेवा पाइने

बिजमाण्डू
२०७५ साउन ३ गते १२:०२ | Jul 19, 2018


 काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले नेको इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी बेच्ने भएको छ।
 
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले  यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
 
बैंकले देशभरका दुईसय ४ वटा शाखा कार्यालयबाट बैंकिङ तथा वीमा सुविधा प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए।

Tata
GBIME
Nepal Life