साताको अन्तिम दिन नेप्से ५.३८ अंकले घट्यो, बजारमा किन आउँदैनन् पुराना र ठूला लगानीकर्ता?

बिजमाण्डू
२०७५ साउन ३ गते १५:२२ | Jul 19, 2018


काठमाडौं। बिहीबार शेयर बजार ५.३८ अंकले ओरालो लागेको छ। आर्थिक वर्ष सुरु भएको दिनदेखि घट्न थालेको शेयर बजार तीन दिनमा १८.९७ अंकले घटेको छ। कारोबार सुरु हुँदा बढ्ने संकेत देखिएपनि केही मिनेट मै घट्न थालेको बजार अन्तिमसम्म पनि हरियो हुन सकेन।

Tata
GBIME
Nepal Life

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर शेयर ३० करोड ५९ लाख रुपैयाँको कारोबार हुँदा बजारमा कुल ५६ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ।

होटल र उत्पादन तथा प्रशोधनका उपसूचक बाहेक अन्य सम्पूर्ण सुचक तथा उपसूचक घटेका छन्।

आज सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फण्डका इकार्इ धनीले ४.०३ प्रतिशतले कमाएका छन् भने नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीले ५.७९ प्रतिशतले गुमाएका छन्।

आर्थिक वर्ष सुरु भएसँगै बजारमा सकारात्मक प्रभाव पर्ने भनिए पनि लगानीकर्ताको सरकारप्रतिको अविश्वासले बजार घटेको बजार विश्लेषक सुरज अधिकारी बताउँछन्।

सरकारप्रति लगानीकर्ता संशकित हुँदा साना तथा ठूला लगानीकर्ता बजारबाट बाहिरिएको अधिकारीको विश्लेषण छ। उनी भन्छन् 'बजारलार्इ नै आफ्नो स्रोत मान्नेहरु बाहेक बजारमा नयाँ तथा पुराना लगानीकर्ता आउन सकेका छैनन्।'

उनले भने- 'बजार १४ सय अंकबाट तल झर्न थालेपछि अब बजार बढ्छ विस्तारै किन्नु पर्छ भन्दै शेयर किन्ने लगानीकर्ता झन पेनिक छन्।' मौद्रिक नीतिले लगानीकर्तालार्इ संबोधन गर्न खोजे पनि सरकारको कर प्रणाली प्रति डराएको अधिकारीले बताए।  

'अहिले शेयरको मूल्य धेरै नै घटिसकेकाले  शेयर खरिद गर्दा घाटा हुँदैन भन्ने थाहा हुँदैहुँदै पनि लगानीकर्ताको विश्वस्त हुन नसकेको उनको भनाई छ।