वीरगंजमा खेलकुदप्रेमी लक्षित ‘डगआउट’ रेस्टुरेन्ट खुल्यो, बिभिन्न खेल इभेन्ट हेर्दै खाने सुविध

बिजमाण्डू
२०७५ साउन ६ गते १३:१५ | Jul 22, 2018


वीरगंज। वीरगंजको आदर्शनगरमा खेलकुदको प्रत्यक्ष प्रसारण हेर्ने सुविधाकासाथ रेस्टुरेन्ट एन्ड बार सञ्चालनमा आएको छ ।

Tata
GBIME
Nepal Life

८० लाखको लागतमा खोलिएको रेष्टुरेन्टलाई खेलकुद इभेन्टमा रमाउँदै खाने थलोका रुपमा विकास गरिएको संचालक अमन मित्तलले बताए।

वीरगंजमा सुविधासम्पन्न रेस्टुरेन्टको अभाव भएकाले खेलकुद इभेन्ट हेर्दै खान चाहने जमातलाई लक्षित गरी यस्तो कन्सेप्टमा पहिलो रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याइएको उनको भनाई छ।  

भारतको पुणेबाट पढाई सकेर फर्केका मित्तलले रेस्टुरेन्टमा इन्डियन, इटालियन, चाइनीज, तन्दुरलगायतको विभिन्न परिकार खानेकुरा उपलब्ध गराउने जानकारी दिए।

रेष्टुरेन्टमा फैमिली पार्टीको लागि एउटा छुट्टै हलको व्यवस्था गरिएको बताइएको छ ।

रेस्टुरेन्टमा हरेक टेबलको छेउमा पर्खालमा टेलिभिजन जडान गरिएको छ । जसमा फूटबल, क्रिकेट, टेनिस, एफवन, रग्बी, रेसलिङ लगायतका बिबिध खेलकुद हेर्न सकिन्छ ।

अमन र अर्का संचालक सौरभ पोद्दारले साझेदारीमा रेष्टुरेन्ट खोलेको बताएका छन्। दुबै युवा वीरगंजका ब्यापारिक घरानाका नयाँ पुस्ता हुन्। सौरभ वीरगंजका मेयर विजय सरावगीको भान्जा हुन् भने अमन कपडा व्यवसायी अशोक मित्तलका छोरा हुन्।