काठमाडौंको एउटा रुट जहाँ साना गाडी हटाएर चल्दैछन् १७ ठूला बस, कार्डबाट भाडा तिर्न मिल्ने

बिजमाण्डू
२०७५ साउन १४ गते १३:४४ | Jul 30, 2018


काठमाडौं।सिनामंगल-नयाँ बसपार्क रुटमा ठूला सुविधासम्पन्न बस सञ्चालनमा आउने भएका छन्।

Tata
GBIME
Nepal Life

साउन २३ गते बुधबारदेखि  साना ट्याम्पो र माइक्रो हटाएर ठूला बस मात्रै सञ्चालन गर्न लागिएको दिगो सार्वजनिक यातायात प्रालीका सचिव लाल प्रसाद गुरागार्इले जानकारी दिए।

उनका अनुसार बसहरु असारमै आइपुगे पनि पञ्जीकरण लगायतका प्रक्रियाहरु पूरा गर्दा समय लागेको हो।' विभागबाट पञ्जीकरण,बसमा वोर्ड राख्ने रङरोगन गर्ने सबै काम र प्रक्रिया सकेका छौं,आगामी साताको बुधबारदेखि संचालनमा ल्याउछौ'उनले भने।

सचिव गुरागार्इका अनुसार  कम्पनीका बसहरु नयाँ बसपार्कदेखि-गोगंबु-लैनचौर-रत्नपार्क-डिल्लीबजार-मैतीदेवी-पुरानो बानेश्वर-सिनामंगल रुटमा संचालन हुनेछन्।यो करिव ९ किमी लामो रुट हो।यो रुटमा अहिले सफा ट्याम्पो माइक्रो गरी ६६ वटा सार्वजनिक यातायातका साधन  संचालनमा रहेका छन्।

'मास ट्रान्सपोर्टेसन' यातायात व्यवस्था कार्यान्वयनका लागि पाइलट प्रोजेक्टका रुपमा यो रुटमा साना गाडी हटाएर ठूला सुविधासम्पन्न बस सञ्चालन गर्न लागिएको हो।

यो रुटमा सञ्चालन हुँदै आएका सामाखुसी यातायात र सफा ट्याम्पो परिवहनसंग सम्झौता भैसकेको दिगो सार्वजनिक यातायातले जनाएको छ।

यो रुटमा सञ्चालन भैरहेका सवारीसाधनहरु आसपासकै  अर्को रुटमा स्थानान्तरण गरिने कम्पनीका सचिव गुरागार्इले जानकारी दिए।यातायात व्यवस्था विभागले यो रुटमा 'मास ट्रान्सपोर्टेसन' यातायात व्यवस्था कार्यान्वयनमा ल्याएपछि विस्तारै अन्य रुटहरुमा पनि  कार्यान्वयनमा ल्याउने योजना अघि सारेको छ।

सुरुमा त्यहा माइक्रो ट्याम्पोहरुलार्इ स्थानान्तरण गरेर ठूला बस सञ्चालन गर्न व्यवसायीहरु सहमत भएका थिएनन्।तर प्रोत्साहन स्वरुप १५ प्रतिशत अनुदान र ८० प्रतिशत सहुलिय ऋण  पाउने भएपछि  व्यवसायीहरु सहमत भएका हुन्।

बस खरिद गर्नका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण, एसियाली विकास वैकले १५ प्रतिशत अनुदान  दिएका छन् भने कम्पनीको ५ प्रतिशत लगानी रहेको छ।

नयाँ आएको बसमा केके छन् सुविधा ?

नयाँ ल्याएका बसहरुमा जिपिएस जडान गरिएको छ।ट्रयाकिङ सिस्टमले बस कहा आइपुगेको छ भनेर यात्रुहरुले थाहा पाउन सक्छन्।४० सिट क्षमताका बस अपाङ्गमैत्री रहेको कम्पनीको दाबी छ।

बसको पछाडि गाडी कहाँ कहाँ गुड्छन् भनेर नक्सा राखिएको कम्पनीले जनाएको छ।साथै अगाडि र पछाडि डिजिटल ल्याम्प मार्फत समेत गाडी कहाँ कहाँ चल्छन् भनेर देखार्इएको कम्पनीको दाबी छ।

गाडीमा डिटिजल कार्डबाट पनि भाडा तिर्नका लागि मेसिनहरु राखिएका छन् भने हाल विद्युतीय टिकेट मेसिनबाट टिकट प्रिन्ट गरेर दिने व्यवस्था मिलाएको  कम्पनीले जनाएको छ।

बसभित्र यात्रुको सुरक्षाका लागि दुवैतिर सिसिटीभी क्यामेरा जडान गरिएको छ।यात्रुको मनोरञ्जनका लागि फ्रि वार्इफार्इ ,एलइडी टीभी राखिएको छ।बस फराकिलो हुनुका साथै ह्याङगर स्ट्रयाम्प रहेकाले उभिएर सहजै यात्रा गर्न सकिने कम्पनीको दाबी छ।

आरक्षण सिटहरु फरक फरक रंगप्रयोग गरी सजिलै चिन्न सकिने गरी बनाइएको छ। अपाङगहरुका लागि सुविधा होस् भने गाडी भित्रै ह्विल चियर राख्ने मिल्ने स्पेश रहेको कम्पनीले जनाएको छ।

सरकारकै सहयोगमा ठूला बस सञ्चालनमा आउने भएपछि निजी यातायात कम्पनीहरुलार्इ समेत प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।