नेपाल बैंकको एफपिओमा ‘अन्डरराइटर’ ले सरकार गुहारे, सरकार र बाँकी संस्थापकका लागि खुल्यो

बिजमाण्डू
२०७५ साउन १४ गते १५:५१ | Jul 30, 2018

 
काठमाडौं। नेपाल बैंकको नबिकेको एफपिओ पहिलो चरणमा संस्थापक तथा संचालकले किन्ने भएका छन्। उनीहरुका लागि भोलिदेखि बिक्री खुला गरिने भएको छ। अन्डरराइटरहरुलाई ठूलो आर्थिक भार पर्ने भएपछि उनीहरुले केही शेयर सरकार र संस्थापक शेयरधनीलाई बिक्री गर्न खोजेका हुन्।
 
प्रमुख संस्थापक नेपाल सरकारसहित संचालक समितिका पदाधिकारीले एफपिओ खरिद नगरेमा मात्रै अण्डर राइटरले उठाउनु पर्ने छ। 
 
बैंकको व्यवस्थापन तथा संस्थापकका लागि केही दिन बिक्री खुला गरिने र त्यसबाट पनि बिक्री नभएको शेयर ८ वटा प्रत्याभूतकर्ताले खरिद गर्ने सिद्धार्थ क्यापिटलका सुजनबाबु अधिकारीले जानकारी दिए। 
 
एफपिओ निष्कासन गर्नुभन्दा अगाडि ८ वटा मर्चेन्ट बैंकले बैंकको एपपिओमा प्रत्याभूति दिएका थिए। जसमा सिविआइएल क्यापिटलले सबैभन्दा धेरै २३.३० प्रतिशत अर्थात ५४ करोड ५६ लाख रुपैयाँको शेयर खरिद गर्नुपर्ने छ।
 
बैंकको एफपिओ आइतबारसम्म बिक्रीमा थियो। अन्तिम समयमा कर्मचारी संचय कोषले एक अर्ब रुपैयाँ लगानी गरेको थियो। कोष एक्लैले एक अर्बको शेयर किन्दा एफपिओमा ५४ प्रतिशतभन्दा धेरैको आवेदन परेको छ।
 
बाँकी शेयर संस्थापक र त्यहाँ पनि नबिके अन्टरराइटरले उठाउनु पर्छ। बैंकको शेयरमा कोषसहित ९६ लाख १८ हजार कित्ताको लागि २ अर्ब ६९ करोड रुपैयाँको आवेदन परेको लगानी व्यवस्थापक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार तिमल्सिनाले बताए। 
 
बैंकले एक करोड ७६ हजार कित्ताको एफपिओ बिक्री खुला गरेकोमा अझै ८० लाख ६६ हजार कित्ताको लागि आवदेन परेको छैन। बैंकको एफपिओको लागि ४ अर्ब ९५ करोड रुपैयाँ आवश्यक थियो। अझै दुर्इ अर्ब २६ करोड रुपैयाँ पुगेको छैन। 
 
बैंकले गत असार १५ गतेदेखि २८० रुपैयाँमा एफपिओ निष्कासन गरेकोमा पहिलो चरणमा तीन प्रतिशत मात्रै बिक्री भएको थियो। दोस्रो चरणको लागि आइतबार अन्तिम दिन थियो। आइतबार ४३ प्रतिशतभन्दा धेरैको आवेदन परेको हो।
 
दोस्रो बजारमा बैंकको शेयर कारोबारमा लगातार गिरावट आउँदा बिक्री हुन सकेन। दोस्रो बजारमा बैंकको एपपिओ मूल्य र बजार मूल्य एउटै भएपछि एफपिओ प्रति झन् आकर्षण घटेको थियो।
 
बैंकले एफपिओ निष्कासन गरेसँगै संस्थापक शेयरधनी नेपाल सरकारको ५१ प्रतिशत अर्थात ५ अर्ब रुपैयाँ र सर्वसधारणको ४९ प्रतिशत अर्थात ४ अर्ब ८० करोड रुपैयाँ गरी ९ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ। विगत तीन वर्षको नेटवर्थमा औसत प्रतिफल २७.६ प्रतिशत रहेको छ। 
 

Tata
GBIME
Nepal Life
प्रत्याभूतिकर्ताको नाम प्रत्याभूत प्रतिशत प्रत्याभूत रकम
ग्लोबल आइएमइ क्यापिटल 22.90 536321956
एनआइबिएल एस क्यापिटल 18.17 425482118
सिभिल क्यापिटल मार्केट 9.09 21282607
सिविआइएल क्यापिटल 23.30 545677817
सनराइज क्यापिटल 7.27 170260909
लक्ष्मी क्यापिटल मार्केट 9.09 212826070
सानिमा क्यापिटल 5.45 127695615
नेपाल एसविआर्इ मर्चेन्ट बैंकिङ 4.73 110669683
जम्मा (रुपेयाँ) 100 2341760240