टेलिभिजनमा फुटबल हेरेर मज्जा लिने दर्शकका लागि आफैँ खेल्न मिल्ने फुट्टी फेन्टासी लिग सुरु

बिजमाण्डू
२०७५ साउन १८ गते १०:२४ | Aug 3, 2018
टेलिभिजनमा फुटबल हेरेर मज्जा लिने दर्शकका लागि आफैँ खेल्न मिल्ने फुट्टी फेन्टासी लिग सुरु

Tata
GBIME
Nepal Life

काठमाडौं।टेलिभिजन फुटबल हेरेर रमाउने दर्शकहरु आफैँ प्रविधिमार्फत फ्यान्टासी फुटबल लिग खेलेर मज्जा लिन्छन्। नेपालमा पनि फुटबल खेल लोकप्रिय भएका कारण फ्यान्टासी फुटबल लिग खेल्नेहरु छन् र यसको लोकप्रियता बढ्दो छ।

नेपाली समर्थकहरु मैदानमा हुने खेलसँगै कम्पुटर, मोबाइल एप जस्ता प्रविधिको सहायताले खेलिने फिफा, पीएस जस्ता इलेक्ट्रोनिक खेलहरु बारे उत्तिकै जानकार छन्।

जुन खेल मैदानमा आधारित रहेर प्रविधिको सहायताले खेल्ने गरिन्छ।प्रिमियर लिग (पीएल) मा आधारित रहेर खेलिने यो फुटबल पूर्ण रुपमा कल्पनामा आधारित खेल हो। प्रिमियर लिगको अफिसियल साइटबाट वार्षिक ४५ लाखले फ्यान्टसी फुटबल खेल्ने गर्छन्। पछिल्लो बर्षको तथ्यांक अनुसार नेपालमा करिब ५० हजारले ‘फ्यान्टसी फुटबल’ खेलेका छन्।

नेपालमा ‘फ्यान्टसी फुटबल’ को लोकप्रियता बढिरहँदा ’कर्नर फ्ल्याग प्रालि’ ले बुधवारबाट यो सिजनको फ्यान्टसी प्रिमियर लिग (एफपिएल) प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ। कर्नर फ्ल्यागले दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो। गतबर्ष १० हजार बढीले सहभागिता जनाएका थिए।

यस सिजनको लागि दर्ता प्रक्रिया समेत खेलेको आयोजकले जनाएको छ।

फ्यान्टसी प्रिमियर लिग (एफपिएल) मा सहभागी हुन मोबाइल एप्स फुट्टी फेन्टासी (fotty fantacy) डाउनलोड गर्नुपर्नेछ। एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोर र आईओएस प्रयोगकर्ताले एप्स स्टोरमा गएर डाउनलोड गर्न सक्नेछन्।

यो बर्ष ३८ हप्ताको खेलपछि अन्तिममा उत्कृष्ट हुने सहभागीले नगद १ लाख प्राप्त गर्नेछन्। यस्तै प्रत्येक हप्ताका उत्कृष्ट हुने एक सहभागीले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। गतबर्ष प्रत्येक हप्ता उत्कृष्ट हुनेले नगद पाँचहजार प्राप्त गरेका थिए।

प्रिमियर लिग आगामी अगष्ट ११ बाट हुँदैछ र प्रिमियर लिग झण्डै ९ महिना खेलिन्छ। प्रिमियर लिगमै आधारित भएकाले फ्यान्टसी प्रिमियर लिगको अवधि पनि ९ महिना कै रहने गर्छ।

फ्यान्टसीको बढ्दो लोकप्रियतालाई हेरेर नेपालीमाझ यो खेललाई थप रोमान्चक बनाउन ’फुट्टी फेन्टासी’ एप्स निर्माण गरेको कर्नर फ्लागका सीइओ सौरभ घिमिरेले बताए।

सन् १९६२ मा अमेरिकामा बिल विन्किन्ब्याक र  सन् १९७१ मा बेलायतमा बर्नी डोनेल्लीले मुख्यतः मनोरञ्जनका लागि फ्यान्टसी फुटबलको अवधारणा भित्र्याएका थिए।