नेपाली सेनाले माग्यो डाक्टर, पाइलट, इन्जिनियर लगायत ६५ जना, १८ देखि २९ वर्षकाले भर्न पाउने

बिजमाण्डू
२०७५ साउन २० गते १०:३४ | Aug 5, 2018
नेपाली सेनाले माग्यो डाक्टर, पाइलट, इन्जिनियर लगायत ६५ जना, १८ देखि २९ वर्षकाले भर्न पाउने


काठमाडौं। नेपाली सेनाले पाविधिक तर्फ ६५ जना कर्मचारी माग गरेको छ। सेनाले डाक्टर, इन्जिनियर पाइलट, छापाखाना र लेखा अधिकृत स्तरका कर्मचारी माग गरेको छ।

Tata
GBIME
Nepal Life

प्रविधिक पदका लागि १८ वर्ष पुरा भइ पुरुषको हकमा २९ वर्ष र महिलाको हकमा ३० वर्ष ननाघेका नेपाली नागरिकले आवदेन दिन पाउने छन्।

इच्छुक आवेदकले आजदेखि भदौ १८ गतेसम्म एक हजार रुपैयाँ शुल्क तिरेर आवेदन दिन पाइने नेपाली सेनाले जनाएको छ। समावेशीको हकमा थप २० प्रतिशत शुल्क तिर्नु पर्नेछ। आवेदन दिएका आवेदकले भदौ २८ गते जंगी अड्डामा सम्पर्क गर्नु पर्नेछ।  

पद, संख्या र योग्यता

पद संख्या योग्यता
एमविविएस डाक्टर 15 MBBS
फार्मेसी 2 वि फार्मेसी
अकुपेशनल थेरापिष्ट 1 बिओटी उत्तीर्ण
इलेक्ट्रिकल इन्जिनियर 1 इलेक्ट्रोनिक्समा विइ उत्तीर्ण
वेपनरी इन्जिनियर 2 विज्ञान विषयमा प्रविणता प्रमाणपत्र उत्तीर्ण
मिलिटरी सिभिल इन्जिनियर 1 विइ उत्तीर्ण
मेकानिकल इन्जिनियर 1 विर्इ उत्तीर्ण
छापाखाना 1 स्नातक गरि प्रिन्टिङ टक्निसियनमा तीन तह उत्तीर्ण
पाइलट 9 प्सटु गरि पाइलट लाइसेन्स भएको
लेखा 32 वाणिज्य शास्त्रमा स्नातक
जम्मा 65