घर-जग्गा किन्नेलाई मुक्तिनाथ विकास बैंकको ऋण स्किम, आधा ऋणको ब्याज मात्रै तिरे पुग्ने

बिजमाण्डू
२०७५ साउन २० गते १०:५३ | Aug 5, 2018
घर-जग्गा किन्नेलाई मुक्तिनाथ विकास बैंकको ऋण स्किम,  आधा ऋणको ब्याज मात्रै तिरे पुग्ने

 
काठमाडौं। मुक्तिनाथ विकास बैंकले नयाँ आवास कर्जा योजना ल्याएको छ। योजनामा आवद्ध हुने ग्राहकहरुले २० वर्ष सम्म अवधिको कर्जा पाउने छन्। 
 
कर्जा १० लाखदेखि ५ करोड रुपैयाँसम्मको पाइने बैंकले जनाएको छ। नियमति रुपमा किस्ता बुझाउने ग्राहकहरुले आफूले बुझाएको प्रशासनिक शुल्क फिर्ता पाउँदै जानेछन्। 
 
पहिलो १ वर्षको लागि निशुल्क स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा पनि उपलब्ध गराइने बैंकले जनाएको छ। कुल कर्जाको आधा रकमलाई किस्ताबन्दी रुपमा बुझाई बाँकी कर्जाको व्याजमात्र बुझाउने गरी किस्ताको भारलाई कम गर्ने गरी डिजाइन गरिएको छ। यसले नियमित तर न्यून आय भएका ग्राहकलाई आवश्यकता अनुसारको कर्जा सुविधा लिन सहज हुने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।   
 
कर्जाबाट ग्राहकले घर खरिद, आवास प्रयोजनार्थ जग्गा खरिद, जग्गा तथा घर खरिद गर्न सक्नेछन्। बैंकको सबै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सक्ने व्यवस्था मिलाइएको छ। बैंकले ब्याज दर भने उल्लेख गरेको छैन।

Tata
GBIME
Nepal Life