चावहिलको केएल टावरमा मोबाइल मेला, जिरो डाउन पेमेन्टमा मोबाइल किन्न सकिने

बिजमाण्डू
२०७५ साउन २० गते १५:०२ | Aug 5, 2018

 
काठमाण्डौं। चाबहिलको केएल टावरमा स्मार्ट मोबाइल मेला सुरु भएको छ। मेलामा शुन्य प्रतिशत व्याज दरमा मोवाइल खरिद गर्न सकिने छ। यसका साथै जिरो डाउन पेमेन्टमा जुन सुकै ब्राण्डका मोबाइल किन्न सकिने आयोजकले जनाएको छ। 
 
केएल मोबाइल हवले पहिलो वार्षिकोत्सवको अवसरमा अफर माथि अफर मेला आयोजना गरेको हो। मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ता बन्दीमा खरिद गर्न सकिने छ।
 
ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना १ वर्ष र १८ महिना अवधिको किस्ता बन्दीमा मोबाईल खरिद गर्न सक्ने मोबाइल हबका निर्देशक संगम राईले जानकारी दिए। उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइल सँग नयाँ मोबाइल साट्न पनि सकिने छ। 
 
शनिबारदेखि सुरु भएको मोबाइल मेला २ साता सम्म चल्नेछ। मेला सुरु भएको दिननै शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा मोबाइल खरिद गर्नकालागि १ सय ७५ बढीले फारम भरेका छन्।

Tata
GBIME
Nepal Life