सेवा विस्तारमा मयुर ‘एग्रेसिभ’, ५५ वटा नयाँ बस ल्याउँदै, दशैअघि २० वटा बस ओखलढुंगा चलाउँदै

बिजमाण्डू
२०७५ साउन २२ गते १६:४७ | Aug 7, 2018
सेवा विस्तारमा मयुर ‘एग्रेसिभ’, ५५ वटा नयाँ बस ल्याउँदै, दशैअघि २० वटा बस ओखलढुंगा चलाउँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। मयुर यातायातले ५५ नयाँ बस ल्याएर सेवा विस्तार गर्ने भएको छ।

नयाँ बसले भदौ दोस्रो साताबाट सेवा विस्तार गर्ने मयुर यातायात कम्पनीका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए।उनका अनुसार ५५ वटै बस तयार भइसकेकाले भदौ पहिलो सातासम्म  काठमाडौंस्थित कम्पनीको कार्यालयमा आइपुग्ने छन्।बस आइपुगेपछि पञ्जीकरण लगायतका सबै प्रक्रिया सकेर भदौ दोस्रो साताबाट चल्ने उनले बताए।

नयाँ आउने बसहरुका लागि उपयुक्त रुटहरु पहिचान भैरहेको कम्पनीले जनाएको छ।अहिले प्रारम्भिक रुपमा तीन वटा रुटहरु पहिचान गरिएको छ। पहिलो साँखु-मुलपानी-जोरपाटी-बौद्ध-चावहिल-गौशाला-रत्नपार्क,दोस्रो चक्रपथ परिक्रमा र तेस्रो नागढुङगा-रत्नपार्क रहेका छन्।साँखु-रत्नपार्क रुटमा सेवा विस्तार गर्ने लगभग निश्चित भएको अध्यक्ष श्रेष्ठले बताए।

नयाँ आउने बस ४२ सिट क्षमताका हुन्।बसमा जिपिएस ट्रयाकिङ सिस्टम जडान गरिएको छ।बसमा एलइडी टिभी,सीसी टिभी क्यामरा र डिस्प्ले बोर्ड राखिनेछ। बस फराकिलो हुनुका साथै ह्याङगर स्ट्रयाम्प समेत राखिएकाले उभिएर समेत यात्रा गर्न केहि सहज हुने कम्पनीको दाबी छ। मयुर यातायातका सबै बसमा वाइफार्इ हुनेछ।

दशै अघि नै गाउँमा सेवा
कम्पनीले गाउँमा समेत सेवा विस्तार गर्ने भएको छ।श्रेष्ठका अनुसार दशै अघिनै २० वटा बस मार्फत ओखलढुङगासम्म सेवा विस्तार गर्न लागिएको छ।अरनिको सुपर यातायातजस्तै ३७ सीट क्षमताको बस संचालन हुने उनले बताए।उनका अनुसार बस अर्डर दिइसकिएको छ।

ओखलढुङगा गरेपछि दोलखा,रामेछाप लगायतका पहाडी रुटहरुमा सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनायो।कम्पनीका अनुसार पोखरा,लुम्विनीसम्म लक्जरी बस,चक्रपथमा एसी बस संचालनमा ल्याउने तयारी भइरहेको छ।

दशैपछि इलेक्ट्रोनिक बस
कम्पनीले दशैपछि इलेक्ट्रोनिक बस ल्याउने योजना बनाएको छ।दशै लगत्तै इलेक्ट्रोनिक बस खरिद प्रक्रिया अघि बढार्इने कम्पनीका अध्यक्ष श्रेष्ठले जानकारी दिए।इलेक्ट्रिक बस संचालनमा केही गैरआवासीय नेपाली समेत र्इच्छुक रहेको छ।कम्पनीले ५० वटा इलेक्ट्रिक बस किन्ने योजना बनाएको छ।