सपोर्ट माइक्रोफाइनान्सले माग्यो सिइओ, ब्यावसायिक योजना पेश गर्नुपर्ने, अरु पदमा पनि माग

बिजमाण्डू
२०७५ साउन २३ गते ११:२६ | Aug 8, 2018


काठमाडौं। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को लागि विज्ञापन खुला गरेको छ।

Tata
GBIME
Nepal Life

संस्थाले स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा वरिष्ठ कार्यकारी तहमा रहेर कम्तिमा पनि ५ वर्ष काम गरेको हुनु पर्ने योग्यता तोक्दै सिइओ माग गरेको हो।

३५ वर्ष देखि ५५ वर्ष उमेर समुहकाले आवेदन दिन सक्ने संस्थाले जनाएको छ। प्रमुख कार्यकारी अधिकृतकालागि आफ्नो व्यावसायिक योजना सहित आवेदन दिनुपर्ने छ।

अन्य पदहरुकालागि भने लिखित परीक्षा सहित अन्तर्वाता दिनु पर्ने  माइक्रोफाइनान्सले जनाएको छ। त्यस्तै संस्थाले केही प्रबन्धक तथा सहायक प्रबन्धक पदकालागि पनि विज्ञापन खुला गरेको छ।

यसकालागि कम्तिमा पनि स्नातक गरी बैंक तथा वित्तीय संस्थामा तीन वर्ष काम गरेको हुनुपर्ने छ।

आवदेनकालागि संस्थाको केन्द्रीय कार्यालय इटहरी  तथा संस्थाको इमेल मार्फत दिन सकिने माइक्रोफाइनान्सले जनाएको छ।