बुटवलको न्यू होराइजन स्कुलले ई-सेवाबाट भुक्तानी लिने, घरबाटै बच्चाको स्कुल फि तिर्न सजिलो

बिजमाण्डू
२०७५ साउन २४ गते १०:३३ | Aug 9, 2018


रुपन्देही।रूपन्देहीको कालिकानगरमा रहेको न्यू होराइजन इंग्लिस बोर्डिङ स्कुलको शुल्क भुक्तानी ई-सेवाबाट गर्न सकिने भएको छ।

Tata
GBIME
Nepal Life

अनलाइन शुल्क भुक्तानीको सेवा सुरू भएसँगै अब अभिभावकले घरबाटै आफ्ना नानीबाबुहरूको स्कुलको शुल्क भुक्तान गर्न सक्नेछन् ।

अलाइन भुक्तानी सेवासम्बन्धी सम्झौतापत्रमा ई-सेवाका प्रोजेक्ट म्यानेजर आशिष गौतम र न्यू होराइजन बोर्डिङका प्रिन्सिपल लोकनाथ उपाध्यायबीच सम्झौता भएको हो।

विद्यार्थीका अभिभावकको व्यस्तता र शुल्क तिर्नकै लागि स्कुलमा जान नपरोस् भन्ने उदेश्यले अनलाइन भुक्तानीको सेवा सुरू गरिएको ई-सेवा फोन पे प्रा.लि.का प्रोजेक्ट म्यानेजर आशिष गौतमले बताए ।

अनलाइन भुक्तानीको सेवा सुरू भएसँगै अब न्यू होराइजनका विद्यार्थीका अविभावकले आफ्नै मोबाईल तथा नजिकको ई-सेवा जोन तथा पोइन्टबाट शुल्क भुक्तानी गर्न सक्नेछन् ।

बच्चाबच्ची शहरमा राखेर पढाउने र आफु ग्रामीण भेग अथवा अन्यत्र बस्ने गरेका अभिभावकलाई पनि अनलाइन भुक्तानीले सजिलो बनाइदिएको छ ।
न्यू होराइजन बोर्डिङ नेपालकै उत्कृष्ट विद्यालय मध्येकै एक हो । जसले रहेकवर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । बोर्डिङमा ३४ सय  भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।

इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे हो । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

इ-सेवामा हाल ४६ वटा बैंक सदस्य  रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

 हालसम्म इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेको गौतमले बताए ।