प्रभु ग्रुपको डिजिटल वालेट 'प्रभु पे' आयो,ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा






काठमाडौं। प्रभु ग्रुपले 'प्रभु पे' नामक डिजिटल वालेट बजारमा ल्याएको छ। यस्तो सेवा लिने ग्राहकको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा हुने कम्पनीले जनाएको छ। साथै एक ग्राहकले अर्को ग्राहकललार्इ यस्तो एप रिफर गरेमा वालेटमा ३० रुपैयाँ व्यालेन्स थपिने छ।


मोबाइल वालेटकालागि प्रभु पे डाउनलोड गर्नु पर्छ। एप डाउनलोड गरेपछि एपबाट पैसासँग सम्बन्धित सम्पूर्ण कार्यहरु जस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता बाट पैसा ट्रन्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, एनसिएचएल डिपोजिट गर्न सकिने छ।

एपबाट युनियन पे र क्युआर कोड स्क्यान मार्फत पैसा तिर्न सकिनेछ। प्रभु ग्रुपले 'वालेट अब मोबाइलमा' भन्ने नाराका साथ नौलो र फरक सुविधा ल्याएको ग्रुपका संञ्चालक कुसुम लामाले जानकारी दिइन्।

प्रभु समुहले बैंक, बीमा, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभि, सुचना प्रविधि र व्यवस्थापन सम्वन्धी विभिन्न कम्पनी मार्फत सेवा प्रदान गर्दै आएको छ।
 

Share this Story

   

प्रभु ग्रुपको डिजिटल वालेट 'प्रभु पे' आयो,ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा को लागी १ प्रतिक्रिया(हरु)

Abhay Dhakal[ 2018-08-09 06:22:12 ]
Hope its services will stand apart from Khalti, eSewa and other wallets available in the market.

All the best.

   हालसम्म ३२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.