लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३६ प्रतिशत बोनस शेयर प्रस्ताव, करिव दुई प्रतिशत नगद लाभांस पनि

बिजमाण्डू
२०७५ साउन २५ गते ०९:३७ | Aug 10, 2018
लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३६ प्रतिशत बोनस शेयर प्रस्ताव, करिव दुई प्रतिशत नगद लाभांस पनि

 
काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले नाफाबाट लाभांस घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक रब्षक २०७३/७४ को नाफाबाट ३६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको हो।
 
कम्पनीको हाल एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी छ। ३६ प्रतिशत बोनस शेयरपछि कम्पनीले १.९० प्रतिशतको अनुपातमा नगद लाभांस वितरण गर्ने प्रस्तावसमेत गरेको छ।
 
कम्पनीले गरेको प्रस्ताव बीमा समितिले स्वीकृति गरेपछि आगामी साधारणसभाबाट अनुमोदन हुनु पर्छ। त्यसपछि मात्र वितरण गर्न पाइन्छ।
 

Tata
GBIME
Nepal Life