स्वदेशी लघुवित्तले पायो १००% हकप्रद निष्काशन अनुमति, पूँजी बृद्धि योजना अगाडि नै कसरत

बिजमाण्डू
२०७५ साउन २५ गते १०:३१ | Aug 10, 2018

 
काठमाडौं। नेपाल धितोपत्र बोर्डले स्वेदेशी लघुवित्त वित्तीय संस्थालार्इ सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको छ। बोर्डले संस्थालार्इ ११ करोड ५० लाख रुपैयाँको हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको हो। 
 
हकप्रद निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइसी एशिया क्यापिटल रहेको छ। 
 
संस्थाको हालको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ भने हकप्रदपछिको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार संस्थाले तीन करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ। यस अनुसार प्रति शेयर आम्दानी ३२ रुपैयाँ रहेको छ। 
 
संस्थाले २०७३ साल चैत्रमा तीन करोड रुपैयाँको प्राथमिक शेयर निष्कशन गरेको थियो। प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको थियो। आइपिओपछि आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १५ प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ पुर्याएको थियो। 
 
संस्थाको दोस्रो बजारमा बिहीबार १५६१ रुपैयाँमा कारोबार भएको छ। दोस्रो बजारमा सूचिकृत भएपछि अधिकतम १९५० देखि न्युनतम ३२५ रुपैयाँमा कारोबार भएको छ।  
 
नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सको पनि पूँजी बृद्धि योजना ल्याउने तयारी गरिरहँदा पछिल्ला समय हकप्रद शेयरमार्फत पूँजी बृद्धि गरिरहेका छन्। केहि लघुवित्त नेपाल राष्ट्र बैंकले योजना ल्याउनु अगाडी नै पूँजी पुर्याउने कसरतमा छन्। 
 

Tata
GBIME
Nepal Life