सिटिजन बैंकको एफपिओ बाँडफाँट, ६ जनालार्इ ११ कित्ता, अरु सबैलार्इ १० कित्ता, ७३ वटा आवेदन रद्ध

बिजमाण्डू
२०७५ साउन २५ गते १२:०६ | Aug 10, 2018

GBIME
Tata

काठमाडौं। सिटिजन बैंकले निष्काशन गरेको एफपिओ शुक्ररवार बाँडफाँट भएको छ।

गोला प्रथाबाट गरिएको बाँडफाटमा ४६ हजार ३७६ जनाले  १० कित्ता दरले शेयर पाएका छन् भने  ६ जनालाई ११ कित्ताका दरले शेयर परेको छ।माग भन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको बिक्रि प्रबन्धक ग्लोबल आएमइ क्यापिटलले जनाएको छ।
 

एफपिओमा ६२ हजार ७८२ आवेदकबाट ६१ लाख पाँच हजार ६३० कित्ता शेयरका लागि आवेदन परेको थियो । त्यसमध्ये ७३ आवेदन रद्ध भए।बैंकले प्रिमियम सहित प्रतिशेयर २०० रुपैयाँमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गरेको थियो। जसमा माग भन्दा १३.१६ गुणा बढी आवेदन परेको थियो । बैंकले संस्थापक साधारण शेयर अनुपात ५१:४९ कायम गर्न एफपिओ निष्काशन गरेको हो।