लुम्बिनीमा मोनोरेल: चिनियाँ कम्पनी चाइना रेल्वे इन्टरनेशनल ग्रुपले दियो 'प्रिजेन्टेशन'






रुपन्देही।प्रदेश नं ५ का मूख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेल्वे इन्टरनेशनल ग्रुपको टोलीले शुक्रवार भेट गरी रामग्राम—लुम्बिनी—कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको संभाव्यता अध्ययन बारे छलफल गरेको छ ।


भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको संभावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकोले काम गर्ने वातावरण तयार भएको वताए  । उनले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकोले संभाव्यता अध्ययन, डिपीआर र निर्माण बारे छलफल गरी अघि बढ्न सकिने वताए  ।

 मोनोरेलको संभाव्यता अध्ययन,  डिपिआर, निर्माण लगायतका विषयमा  लुम्विनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल,प्रदेश योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव बसन्त अधिकारीसँग छलफल गरी अघि बढ्न चिनियाँ टोलीलाई आग्रह गरे ।चिनियाँ टोलीले मोनोरेलको संभावनाबारे प्रस्तुती  गरेको थियो ।

मुख्यमन्त्रीसँगको भेटमा चाइना रेलवे इन्टरनेशनल गु्रप अन्तर्गतको चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रवन्धक वाङ्ग युश्वे, चाइना रेलवे इन्टरनेशनल गु्रपका अर्थशास्त्री याङ्ग क्वाङ्ग सहितको टोली सहभागी थियो । चाइना ओभरसिज ग्रुप नेपाल शाखा महाप्रवन्धक वाङ्ग युश्वेले बुद्ध सर्किटमा मोनोरेलको संभाव्यता अध्ययन, डिपिआर र निर्माणको बारेमा प्रदेश सरकारसँग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

 मुख्यमन्त्रीसँगको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन , वन तथा वातावरणमन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव तीर्थ ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, लुम्विनी विकास कोषका सदस्य सचिव विष्णु ढकाल सहभागी थिए।


Share this Story

   

लुम्बिनीमा मोनोरेल: चिनियाँ कम्पनी चाइना रेल्वे इन्टरनेशनल ग्रुपले दियो 'प्रिजेन्टेशन' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.