एनएसीको नयाँ जहाज पनि थन्कियो, निगमका एमडी भन्छन्- ‘पाइलट व्यवस्थापन हुनेवित्तिकै उड्छ’

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ साउन २७ गते १३:२२ | Aug 12, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल वायुसेवा निगमको दोस्रो एयरबस-३३० मकालु उडाउन पाइलट अभाव भएको छ।पाइलट नभएपछि यो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा थन्किएको छ।

निगमको दोस्रो जहाजका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट उडान अनुमतिका लागि धेरै समय लाग्दैन।पहिलो जहाज अन्नपूर्ण र मकालु एउटै प्रकृतिको भएकाले प्रुभिङ फ्लाइट समेत गर्न पर्दैन्।तर निगमले जहाज आउनु पूर्वनै पाइलट व्यवस्थापन गर्न नसकेर ह्यांगरमा थन्किएको हो।

निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले एयरवस-३३०का लागि पाइलट व्यवस्थापनको काम भइरहेको बताए।उनका अनुसार  स्वदेशी ८ जना पाइलट रहेको बताउँदै तीन जना विदेशी पाइलट आइसकेका छन्।

‘मकालु नउड्नुमा नेपाल नागरिक उड्ययन प्राधिकरणको कुनै दोष छैन।हामीसँग पाइलट अभाव भएकाले व्यवस्थापन गरिरहेका छौं।तीन जना विदेशी पाइलट आएपछि कोपाइलट थपेर भदौंभित्रै जहाजले व्यवसायिक उडान थाल्नेछ।’उनले भने।जापान र कोरियामा उडान अनुमति नपाउन्जेल निगमले पूरानै गन्तब्यमा उडान गर्नेछ।निगमका अनुसार हङकङ, बैंकक, क्वालालाम्पुर, दोहा,बेग्लोंर र दुवर्इमा उडान गर्नेछ। उनका अनुसार साउदी अरबको रियादमा उडानका लागि छलफल भइरहेको छ।

चार वर्ष अगाडी एयरबस ३२० ल्याउँदाको चुनौती सम्झँदै कंसाकारले भने,'चार वर्ष अगाडी पाइलटकै कमीका कारण एयरबस ३३० ल्याउँदा महिनौँसम्म जहाज उडाउन सकेका थिएनौं।त्यही पाठ सिकेर चाँडैनै पाइलटको व्यवस्थापन गरिरहेका छौं।‘

निगमले ल्याएको एयरबस ३३० 'अन्नपुर्ण'को सबै अध्ययन सकेर नियमित उडान सुरु भइसकेको छ। अन्नपुर्ण र मकालु एउटै प्रकृतिको जहाज भएकाले चरणवद्ध रुपमा अध्ययन गर्नुपर्दैन। मकालुका लागि प्रुभिङ फ्लाइट गर्नुपर्दैन्।