शेयर बजार साढे २ बर्षयताकै न्यून अंकमा, ‘ब्रोकर र म्युचुअल फण्ड मिलेर लगानीकर्तालाई तर्साए’

बिजमाण्डू
२०७५ साउन २७ गते १५:१७ | Aug 12, 2018
 
काठमाडौं। कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार  साढे दुई बर्षयताकै न्यून बिन्दुमा झरेको छ। नेप्से सूचक गत चैत १२ गते तल आएपछि केही उक्लिएको थियो। चैत १२ भन्दा पनि तल बजार आइतबार आइपुगेको छ। गत चैतमा नेप्से सूचक ११६८.६२ विन्दुमा झरेको थियो। 
 
चैतको सूचक पनि तोड्दै आइतबार २०७२ पौष २३ गतेको सूचकभन्दा तल झरेको छ। त्यस दिन नेप्से सूचक ११६४.१४ अंक थियो। उक्त सूचक त्यति वेलाको वुलिस ट्रेण्डमा थियो। अहिलेको अवस्थामा यो सूचक वियरिस् ट्रेण्डको सूचक हो। 
 
त्यसयता शेयर बजारको सूचक १८८१ विन्दुसम्म कायम भयो। उचार चढावकै विचमा आइतबार शेयर दुर्इ वर्ष सात महिना पछाडि फर्केको छ। आइतबार एकै दिन १.३७ प्रतिशतले बजार घट्दा नेप्से सूचक १६६३ अंकमा झरेको छ। सूचक धेरै नै घट्दा कारोबार रकम भने गत साताको भन्दा केहि सुधार देखिएको छ। 
 
२५ करोड २ लाख रुपैयाँको कारोबार भएको छ। व्यापार र होटलको उपसूचक बाहेक अन्य सबै सूचक तथा उपसूचक घटेका छन्। सबैभन्दा धेरै जीवन बीमाको उपसूचक ३.३५ प्रतिशतले घटेको छ भने व्यापारको उपसूचक १.०५ प्रतिशतले बढेको छ। 
 
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबै भन्दा धेरै तीन करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। बजार घटिरहँदा आरम्भ माइक्रोफाइनान्सका शेयरधनीले ३.८७ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउने तीन वटा कम्पनीको कारोबारमा सर्किट लागेको छ। मल्टि पर्पोज फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको कारोबारमा सर्किट लागेको हो।  
 
आइतबार शेयर बजार नसोचिएको हिसावले घटेको बजार बिश्लेषक सुरज अधिकारीले बताए। उनले भने 'लगानीकर्ताको कन्फिडेन्स लुज छ। कसैले दुर्इ तीन हजार कित्ता शेयर बेच्न खोजेमा पनि आत्तिने अवस्था छ।' यस्तो अवस्थामा बजार अलिकति हरियो देखिना साथ हौसिने र रातो हुँदा आत्तिने उनले बताए। 
 
व्याजदरसँग प्रत्यक्ष जोडिएको शेयर बजारमा बैंकले व्याजदर घटाउन तत्परता नदेखाउँदा केहि समयपछि फेरि बढ्ने त होइन भन्ने संका पैदा भएको उनले बताए। यस्तो अवस्थामा केहि म्युचुअल फण्ड र ब्रोकर मिलेर तर्साइरहेको उनले आरोप लगाए।

Tata
GBIME
Nepal Life