कुन बैंकलार्इ चाहियो सिइओ? विज्ञापन गर्दै भन्यो- ‘बहुआयामिक प्रतिभाको सिइओ चाहियो’

बिजमाण्डू
२०७५ साउन २८ गते ११:२१ | Aug 13, 2018
कुन बैंकलार्इ चाहियो सिइओ? विज्ञापन गर्दै भन्यो- ‘बहुआयामिक प्रतिभाको सिइओ चाहियो’

Tata
GBIME
Nepal Life

काठमाडौं। 'क' वर्गको एक बाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत मागेको छ।बैंकले पत्रिकामा सूचना प्रकाशित गरेर सिइओ माग गरेको हो।

बैंकको नाम नखुलार्इ शाखा विस्तारमा नयाँ रेकर्ड बनाउन सफल  बैंकको लागि एक बहुआयामिक प्रतिभा तथा उच्च प्रस्तुतीकरण भएको प्रमुख कार्यकारी अधिकृत माग गरेको छ।

बाणिज्य बैंकको उच्च तहमा रहेर १० वर्ष काम गरेको तथा स्नातकोत्तर गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। चार्टर्ड एकाउन्टेन्टको हकमा स्नातक गरेको हुनुपर्नेछ। उच्च व्यावसायिक योग्यता भएको तथा बैंकलार्इ योजनाका साथ अगाडी बढाउने क्षमता भएको व्यक्ति हुनुपर्ने सूचनामा छ।

लगानीकर्ता, संचालक तथा जनसम्पर्क राम्रो भएको व्यक्तिलार्इ प्राथमिकता दिने बताइएको छ। असोज २६ गतेसम्ममा योग्य व्यक्तिले आफ्नो व्यक्तिगत विवरण पेश गर्नु पर्ने जानकारी दिइएको छ। हाल २८ वटा बाणिज्य बैंकहरु मध्ये एनआआर्इसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतको पद खाली छ।