क्षमताको पूर्ण उपयोग गर्न नसक्दा नेपाल टेलिकमको प्रगति कछुवा गतिमा, सेवातर्फको आम्दानी घट्यो

बिजमाण्डू
२०७५ साउन २८ गते १२:४५ | Aug 13, 2018


काठमाडौं। यथेष्ट पूँजी तथा स्रोत भएर पनि उपयोग गर्न नसक्दा नेपाल टेलिकमको प्रगति कछुवा गतिमा अगाडी बढिरहेको छ।

Tata
GBIME
Nepal Life

९८ अर्ब ४७ करोड रुपैयाँको पूँजीकोष भएको कम्पनीको नाफा गत आर्थिक वर्षमा जम्मा १.९२ प्रतिशतले मात्रै बढेको छ।

कम्पनीले गत असार सम्ममा १५ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ जुन अघिल्लो वर्षको भन्दा खासै धेरै छैन। अघिल्लो वर्ष टेलिकमको नाफा १५ अर्ब ३७ करोड रुपैयाँ थियो।

कम्पनीको दुरसञ्चार सेवा अन्तर्गतको आम्दानी भने २.२४ प्रतिशतले खुम्चिएको छ। जुन उद्देश्यले स्थापना भएको हो त्यस अनुसार व्यापार विस्तार गर्न नसक्दा बृद्धिदर बढ्न नसकेको हो। त्यस्तै अन्य आम्दानी भने ४७ प्रतिशतले बढेर ६ अर्ब २४ करोड रुपैयाँ रहेको छ।

नाफामा सामान्य सुधारसँगै प्रतिशेयर आम्दानी एक रुपैयाँले बढेर १०४ रुपैयाँ पुगेको छ।  

कम्पनीले विभिन्न कम्पनीमा गरेको लगानीका साथै बैंकमा राखेको निक्षेपले गर्दा नाफामा सुधार देखिएको छ। टेलिकम तर्फका सेवा विस्तार गर्न नसक्दा अन्य सेवा प्रदायकले कम्पनीको बजार खोसिरहेका छन्।
 

विवरण नेपाल टेलिकम बृद्धि
गत वर्ष अघिल्लो वर्ष
चुक्ता पूँजी 15000000000 15000000000 0
जगेडा कोष 83474723657 76330848229 9.36
दुर संचार सेवा तर्फको आम्दानी 39320406408 40346817951 -2.54
अन्य आम्दानी 6245463678 4242171171 47.22
जम्मा खर्च 24652260998 24013133774 2.66
नाफा 15667500527 15372764124 1.92
प्रतिशेयर आम्दानी 104.45 102.49 1.96

 
टेलिकममा अनुसार गत जेठसम्ममा टेलिफोन तर्फका ग्रहक २१ लाख ४५ हजार जनाले बढेर एक करोड ९७ लाख पुगेको छ।

त्यस्तै इन्टरनेट सुविधा लिने २२ लाख २६ हजारले बढेर एक करोड ६ लाख पुगेका छन्। नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार गत वर्ष कम्पनीको बजार हिस्सा २ प्रतिशतले बढेर ५१ प्रतिशत पुगेको छ।

नेपाल टेलिकमले चालु आर्थिक वर्षमा दुरसञ्चार प्रधिकरणको सहयोगमा प्रदेश एक दुर्इ र तीनको मध्य पहाडी लोक मार्गमा अप्टिकल फाइवर विस्तार गर्ने योजना बनाएको छ। जसमा दुर्इ हजार १७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने भएको हो।

चालु आर्थिक वर्षमा जिएसएम मोबाइल सेवा अन्तर्गत पोष्टपेड तर्फ ५९ हजार ८३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार लाइन वितरण गर्ने योजना बनाएको छ।

अन्य दुरसञ्चार सेवा प्रदायकले देशव्यापि रुपमा फोर जी सेवा प्रदान गरिरहदा टेलिकम भने थ्रिजीकै विस्तार गर्ने योजनामा छ।