महालक्ष्मी विकास बैंकको आवास तथा शैक्षिक कर्जा योजना, १२.९९% ब्याजदरमा ५ करोडसम्म पाइने

बिजमाण्डू
२०७५ साउन २८ गते १४:५९ | Aug 13, 2018


काठमाडौं। महालक्ष्मी बिकास बैंकले आवास, शिक्षा तथा अन्य आवश्यकतालाईसहजताका साथ पुरा गर्ने उद्मेश्यले महालक्ष्मी घर कर्जा,  महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जा योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

योजनामार्फत ग्राहकहरुले घर कर्जामा ५ लाख देखि ५ करोड रुपैयाँ सम्मको कर्जा र शैक्षिक कर्जामा  ५ लाख देखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

उल्लेखित कर्जाहरु मात्र वार्षिक १२.९९% को ब्याजदरमा प्राप्त गर्न सकिनेछ बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।  

बैंकका अनुसार घर कर्जा २० वर्षसम्मको अधिकतम अवधिको किस्तामा उपलब्ध हुने छ। यो सुविधा अन्तर्गत कर्जा स्वाप गर्न पनि सकिने बैंकले जनाएको छ।
 
बैंकका अनुसार शैक्षिक कर्जा अन्तर्गत पहिलो ५ वर्षसम्म ब्याजमात्र बुझाए पुग्ने छ ।