ग्लोबल आइएमई बैंकका डेबिट कार्ड प्रयोगकर्ताले ग्रीन सिटीमा उपचार गराउँदा २० प्रतिशत छुट पाउने

बिजमाण्डू
२०७५ साउन २८ गते १५:२२ | Aug 13, 2018
ग्लोबल आइएमई बैंकका डेबिट कार्ड प्रयोगकर्ताले ग्रीन सिटीमा उपचार गराउँदा २० प्रतिशत छुट पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंक र ग्रीन सिटी अस्पतालबीच बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताको उपचारमा २० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ।

सम्झौंतापत्रमा अस्पतालका सिनियर हस्पिटल म्यानेजर मनिष दवाडी र बैंकका कार्ड वितरण तथा प्रवर्द्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे।

सम्झौंतापछि अस्पतालमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत सम्म छुट पाउने छन्। 
 
ग्लोबल आइएमई बैंकले १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजस्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ ईकाइ मार्फत सेवा दिदै आएको छ।