जनता रेमिटले सुरु गर्‍यो अन्तर्रार्ष्ट्रिय रेमिट्यान्स सेवा, विदेशबाट पैसा पठाउन सकिने

बिजमाण्डू
२०७५ साउन २८ गते १५:४४ | Aug 13, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। जनता बैंक नेपालले अन्तर्रार्ष्ट्रिय रेमिट्यान्स सेवा पनि सञ्चालनमा ल्याएको छ।

‘जनता रेमिट’  मार्फत नेपालीलाई सहज आन्तरिक रेमिट्यान्स सेवा पुर्‍याउदै आएको जनता रेमिटले अन्तर्रार्ष्ट्रिय सेवा सुरु गरेसँगै अब देखि विदेशमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट पैसा पठाउन सक्ने भएका छन्।

बेक्स मनी बहराइन, एक्स्प्रेस एक्स्चेन्ज  बहराइन र जनता बैंक नेपाल लिमिटेड बिच हालै भएको सम्झौता अनुसार अब बहराइनमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत आफ्नो कमाई आफ्नो आफन्तलाई वा जनता बैंकमा रहेको खातामा सिधै पठाउन सक्ने बैंकले जनाएको छ।

खाताबाट कारोवार गर्नको लागि बेक्स मनी बहराइनमा रहेको कुनै पनि शाखामा सम्पर्क गरी जनता बैंकमा खाता खोल्न र चेक बुक तथा एटिएम कार्ड प्राप्त गरी करोवार गर्न सक्ने पनि बैंकले जनाएको छ।

बहराइनबाट जनता रेमिट मार्फत पठाइएको रकम नेपालभरी रहेका जनता बैंकको १२१ शाखाको साथै करिव १६ हजार को संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सक्नेछन्। जनता रेमिट सेवा निकट भविष्यमै भारत, मलेसिया, जापान, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गरिने बैंकले जनाएको छ।