नवलपरासीको बौदीकाली गाउँपालिकामा जनता बैंकको १२२ औं शाखा स्थापना

बिजमाण्डू
२०७५ साउन २८ गते १५:५६ | Aug 13, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। जनता बैंक नेपालले पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२२ औं शाखा सञ्चालनमा ल्याएको छ।

नवलपरासी जिल्लाको विकट भौगेलिक बनावटमा रहेको बौदीकाली गाउँपालिकामा शाखा स्थापना भएपछि, बैंकिङ कारोवारको लागि राजमार्ग आसपास आउनैपर्ने बाध्यताको अन्त्य भएको बैंकले जनाएको छ।

ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।
 
बैंकले देशैभरी फैलिएका यस बैंकको १२२ शाखा, ७० एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङ ईकाइहरुबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।