हिमालय कम्पनीको युथ इटर्निटी क्रिम नेपाली बजारमा सार्वजनिक, दूर्लभ बिरुवाबाट बनाइएको दावी

बिजमाण्डू
२०७५ साउन २८ गते १७:११ | Aug 13, 2018
हिमालय कम्पनीको युथ इटर्निटी क्रिम नेपाली बजारमा सार्वजनिक, दूर्लभ बिरुवाबाट बनाइएको दावी


काठमाडौं। हिमालय ड्रग कम्पनीले युथ इटर्निटी ब्राण्डका क्रिमहरु नेपाली बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

युथ इटर्निटी रेन्जका क्रिमहरु एडेलवाइस नामक दूर्लभ बिरुवालाई स्टेम सेल प्रविधिबाट तयार पारिएको कम्पनीले जनाएको छ।

राजधानीमा एक कार्यक्रम गरी युथ इटर्निटीको ब्राण्ड एम्बेसडर माल्भिका सुब्बा र छाला विशेषज्ञ डाक्टर अर्पणा शाहको उपस्थितीमा कम्पनीले यस ब्राण्डका क्रिमहरु सार्वजनिक गर्यो।

युथ इटर्निटी ब्राण्डमा अहिले डे, नाइट र अण्डर आइ क्रिमहरु बजारमा ल्याइएको कम्पनीले जनाएको छ।