एनसेलको लाभकर बारे फेरि संसदमा कुरा उठ्यो, ‘लाभकर नतिर्ने एनसेलजस्तो एफडिआइ चाहिँदैन’

बिजमाण्डू
२०७५ साउन २९ गते १०:३८ | Aug 14, 2018
एनसेलको लाभकर बारे फेरि संसदमा कुरा उठ्यो, ‘लाभकर नतिर्ने एनसेलजस्तो एफडिआइ चाहिँदैन’

 
काठमाडौं। नेकपाका सांसद एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल बिक्री प्रकरण बारे प्रश्न उठाएका छन्।
 
एनसेल बिक्रीको लाभ कर असुलीमा भएको ढिलाइ बारे संसदीय समितिमा उनले प्रश्न उठाएका हुन्। एनसेल बिक्री प्रकरणमा सरकारले पाउनुपर्ने पुँजीगत लाभकर अझै असुली नभइसकेको भन्दै उनले कर असुली हुनुपर्ने बताएका छन्। 
 
सरकारले पाउनुपर्ने रकमसमेत असुली हुन नसक्नु दुखद भएको उनले टिप्पणी गरे। बस्नेतले एनसेल बिक्री प्रकरणमा ६० अर्ब रूपैयाँभन्दा धेरै कर निर्धारण भएको भएपनि अहिलेसम्म जम्मा २०/२२ अर्ब मात्रै भुक्तानी भएको र बाँकी रकम असुली हुनुपर्ने बताए।
 
संसदको अर्थ समितिमा बोल्दै बस्नेतले कर असुलीका लागि सरकारले पहल नगरेको तर्फ संकेत गर्दै चाँडोभन्दा चाँडो कर असुल्न माग गरेका हुन्।

Tata
GBIME
Nepal Life

सांसद रामकुमारी झाँक्रीले लाभकर नतिर्ने हो भने एनसेलजस्तो कम्पनी नेपाललाई आवश्यक नभएको बताइन्। 'लाभकर नतिर्ने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) हामीलाई कि चाहियो' उनले भनिन्।