१६ उद्योगको उत्पादन बिक्रीमा लाग्यो रोक, खाद्यान्नदेखि छड उद्योगसम्म कारवाहीमा तानिए

रासस
२०७५ साउन २९ गते ११:२२ | Aug 14, 2018

Tata
GBIME
Nepal Life

काठमाडौँ। नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ। 

 
आर्थिक वर्ष २०७४/७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो। विभागले आव २०७३/७४ मा ६ उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको थियो। 
 
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा गर्न पटकपटक आग्रह गर्दा नमानेपछि ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरिएको बताए। बिक्री वितरण बन्द गरिएका उद्योगमा खाद्यान्न, तेल, पाइप, छडलगायत बढी रहेका छन्। 
 
विभागले मापदण्डविपरीत उद्योग सञ्चालन गर्ने ६२ उद्योगलाई स्पष्टीकरणसमेत सोधेको छ। आव २०७३/७४ मा ७३ उद्योगलाई विभागले स्पष्टीकरण सोधेको थियो। विभागले नेपाल गुणस्तर चिन्ह दुरुपयोग गर्ने एक उद्योगको मुद्दा प्रक्रिया अगाडि बढाएको थियो। 
 
आव २०७४/७५ मा इजाजतपत्र प्रमाणीकरणका लागि ७० उद्योगले आवेदन दिएका थिए। आवेदन दिनेमा ४६ ग्यास उद्योग, सात विदेशी र १७ नेपाली उद्योग रहेका छन्।