काठमाडौंको ट्राफिक जाम हटाउन यस्तो गर्दैछ सरकार, पुलमुनी अन्डरपास, ओभरहेड ब्रिज थप्ने

बिजमाण्डू
२०७५ साउन २९ गते १२:५१ | Aug 14, 2018
काठमाडौंको ट्राफिक जाम हटाउन यस्तो गर्दैछ सरकार, पुलमुनी अन्डरपास, ओभरहेड ब्रिज थप्ने



 
काठमाडौं। काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न सरकारले पुलमुनीबाट पनि सवारी साधन कुदाउने ब्यवस्था मिलाउने भएको छ। सडक विभागले काठमाडौं उपत्यका भित्रका सडक विस्तार तथा मर्मत सम्बन्धमा अध्ययन गर्दै जाम गर्ने उपायका रुपमा पुलमुनी पनि गाडी चलाउन दिने निर्णयमा पुगेको हो।
 
विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले ट्राफिक जामको समस्या समाधान गर्न पुलमुनिको अन्डरपासलाई तत्काल सुचारु गरिने बताएका हुन्। त्यसको लागि एकिकृत वाग्मति सभ्यता विकास समिति र काठमाडौं उपत्यका विकास प्राधिकरणसँग सहकार्य गर्ने उनले जानकारी दिए।
 
कोटेश्वरको ट्राफिक जाम हटाउन मनोहरा खोलाको करिडोर प्रयोग गरी बाँकी काम अगाडि बढाइएको उनले बताए। 'त्यसका लागि करोडोरमा बेलीबृज जडान गरी करीव एक किलोमिटिर सडकलाई ६ महिनाभित्र सम्पन्न गरिने छ,' उनले भने।
 
कोटेश्वर र बानेश्वरको ट्राफिक जाम हटाउन उक्त ठाउँमा पेडिस्ट्रिएन ओभरहेड ब्रिज जडान गर्नका लागि डिजाइन कार्य अगाडि बढाइएको उनले बताए। यसै आर्थिक बर्षमा ओभरहेड ब्रिज जडानको काम सकिने विभागको दावी छ।
 
काठमाडौंका विभिन्न सडक चोकहरुमा रहेका ट्राफिक लाइटहरुको मर्मत संभार गरी सुचारु राख्न मर्मत संभारको लागि ठेक्का ब्यवस्थापनको कार्य भइरहेको बताउँदै उनले ६ महिनाभित्र सम्पूर्ण ट्राफिक लाइटहरु सुचारु गरिसक्ने जानकारी दिए।

Tata
GBIME
Nepal Life