भदौबाट शहरी क्षेत्रमा प्रदुषण फेल गाडी चल्न रोक, सडकमै गाडी चेकजाँच गरेर हरियो स्टिकर दिइने

बिजमाण्डू
२०७५ साउन २९ गते १५:२४ | Aug 14, 2018
भदौबाट शहरी क्षेत्रमा प्रदुषण फेल गाडी चल्न रोक, सडकमै गाडी चेकजाँच गरेर हरियो स्टिकर दिइने

Tata
GBIME
Nepal Life

काठमाडौं।भदौबाट शहरी क्षेत्रमा हरियो स्टिकर अनिवार्य गरिने भएको छ। यातायात व्यवस्था विभागले उपत्यका सहित  देशभरका महानगरपालिका र उपमहानगरपालिकामा हरियो स्टिकर अनिवार्य गर्न लागेको हो।

उपत्यकाका भने सबै स्थानीय तहमा अनिवार्य गरिएको छ। विभागले प्रदुषण जाँचपास गराएर हरियो स्टिकर लिनका लागि साउन मसान्तसम्मको समय दिएको छ।विभागका महानिर्देशक लावण्यकुमार ढकालका अनुसार हरियो स्टिकर सहज वितरणका लागि थानकोट, बालाजु,बिपी हाइवे लगाएतका स्थानमा घुम्ती सेवा दिर्इरहेको छ।उनका अनुसार यस्तो घुम्ती सेवाबाट सवारी जाँचपास गराएर बाटोमै हरियो स्टिकर लिन सक्नेछन्। महानिर्देशक ढकालका अनुसार प्रदुषण जाँचपास नगराएका सवारीसाधनलार्इ सञ्चालनमै रोक लगाइने छ।

यसका लागि ४० वटा मेसिन ल्याएर  सम्वन्धित कार्यालयका कर्मचारीहरुलार्इ तालिम समेत दिर्इसकेको विभागले जनाएको छ।उनका अनुसार २० स्थानबाट हरियो स्टिकर  दिने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ।विभागका अनुसार डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन  जाँच्नका लागि छुट्टाछुट्टै मेसिन आवश्यक पर्छ।

पेट्रोलबाट  चल्ने सवारीसाधनले फ्याक्ने  धुवाको मात्रा 'ग्यास एनालाइजर' र डिजेलबाट चल्ने सवारीसाधनले फ्याक्ने धुवाको मात्रा 'डिजेल स्मोक मिटर' मार्फत नापिन्छ।२० वटा डिजेल स्मोक मिटर र २० वटा ग्यास एनालाइजर ल्याइएको छ।

नियमानुसार निजी सवारीसाधनले बर्षको एक पटक र सार्वजनिक सवारीसाधनले ६/६ महिनामा सवारीसाधन जाँच पास गराएर  हरियो स्टिकर लिनुपर्छ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६०(३)बमोजिम सवारी प्रदुषण फेल हुने सवारीसाधनलार्इ दुर्इ सय देखि १ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ।त्यसै गरि रातो स्टिकर समेत दिन सक्ने उल्लेख गरिएको छ।विभागले प्रदुषण जाँच गर्ने व्यवस्थालार्इ प्रभावकारी बनाउन सकेको छैन्।कानुनत रातो स्टिकर पाएका सवारीसाधनलार्इ मर्मत गर्ने ठाउ(वर्कशप)सम्म मात्रै सञ्चालनको अनुमती हुन्छ।तर विभागले यसलार्इ प्रभावकारी बनाउन सकेको छैन्।

५ सयमा हरियो स्टिकर बेच्ने दिन गए
सवारीसाधन प्रदुषण जाँच गराउने क्रममा  फेल भएका सवारीसाधनलार्इ पनि विभागका कर्मचारीले पैसा लिएर हरियो स्टिकर बेच्ने गरेको पाइएपछि विभागले कार्यविधी संशोधन गर्दै यसमा कडार्इ गरेको छ।

अहिले विभागले स्टिकरमा सिलसिलेवार(क्रमागत)नम्वरिङ सिस्टम राखेको छ।पहिलो यस्तो क्रमागत नम्वरिङ सिस्टम थिएन।त्यसै गरि जाँचपास पछि दिर्इने स्टिकरमा सम्वन्धित यातायात कार्यालय र कर्मचारीको नाम समेत उल्लेख गर्नुपर्छ।विभागले ट्राफिक प्रहरीको सहयोगमा तीन महिनामा बाटोमै छड्के चेक गर्ने छ। यदि फेल भएकालार्इ दिएको पाइएमा  सम्वन्धित कर्मचारीलार्इ कारबाहीगर्न सक्ने गरि कार्यविधी संशोधन गरिएको विभागले जनाएको छ।  विभागका एक अधिकारीका अनुसार कर्मचारीले फेल भएका सवारीसाधनलार्इ पनि ५ सय रुपैयाँ लिएर हरियो स्टिरक दिएपछि कार्यविधी नै संशोधन गरिएको हो।

दुर्इपाङग्रे सवारीसाधनका लागि अहिले सम्म प्रदुषण जाँचपासको कुनै व्यवस्था छैन।त्यसै गरि निर्माणजन्य डोजर,क्रेन,लोडर  लगाएतका १ सय ३५ थरिका इक्विपमेन्टमा यो नियम लागु हुदैन्।