शेयर बजारमा बृद्धि कायमै, आधा दिन रातो भएको बजार ६.६१ अंकले बढ्यो, १९ करोडको किनबेच

बिजमाण्डू
२०७५ साउन २९ गते १५:२५ | Aug 14, 2018

 
काठमाडौं। बैंक र बीमा समूहमा सुधार आउँदा मंगलबार शेयर बजार बढेर बन्द भएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ६.६१ अंकले बढेर ११८०.९८ अंकमा उक्लिएको छ। 
 
मंगलबार बजर ११७४.६६ अंकबाट सुरु भएको थियो। कारोबारको पहिलो आधा घण्टा चार अंकले बढेको बजार त्यसपछि लगातार पौने एक बजेसम्म घट्दा चार अंक गुमाएको थियो। तर त्यसपछि बिस्तारै सुधारिएको बजारले दुई बजेपछि तीव्र गतिमा वृद्धि कायम गर्दा अन्तमा बजार ६ अंकले बढ्दै बन्द भएको हो।
 
मंगलबार उपसूचक मिश्रित देखिएका छन्। ११ समूहको कारोबारमा होटल र अन्य बाहेक सबै उपसूचक बढेका छन्। होटल १.४१ र अन्य ३.३९ अंकले घटेका छन्। बैक ६.८७, ट्रेडिङ ५.०७, विकास बैक १४.८८, जलविद्युत ६.३४, फाइनान्स १०.३९, निर्जीवन वीमा ५०.०१, उत्पादनमूलक ६.६१, लघुबित्त १५.६ र जीवन वीमा १३.०१ अंकले बढेका छन्। 
 
मंगलबार १६० कम्पनीका सात लाख ३२ हजार कित्ता शेयर १८ करोड ९५ लाख रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैकको ८५ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भयो।  
 
आरम्भ माइक्रो फाइनान्सका शेयरधनीले १० प्रतिशत कमाए भने मल्टिप्रपोज फाइनान्सका शेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन्। 

Tata
GBIME
Nepal Life