काठमाडौं। ज्योति विकास बैंक र कुमारी बैंक बिच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले हस्ताक्षर गरेका छन्।
ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका ८५ वटा शाखा कार्यालयहरुबाट र कुमारी बैंकको रेमिटेन्स सेवा ज्योति विकास बैँकको ६० वटा शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने भएको छ।
ज्योती विकास बैंकले चालु आर्थिक वर्षभित्र थप ३० वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ।