औषधि र खाद्य पदार्थको गुणस्तर जाँच गर्ने ग्लोबल रेफरेन्स ल्याब सञ्चालनमा, विभागबाट पायो अनुमति

बिजमाण्डू
२०७५ साउन २९ गते २२:३४ | Aug 14, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल रेफरेन्स ल्याबले खाद्य र औषधि गुणस्तर परीक्षणकालागि नेपाल औषधि व्यवस्था विभागबाट सम्बन्धनप्राप्त गरेको छ। नेपालमा औद्योगिक उत्पादनका नमुना परीक्षणकालागि सन् २०१६ मा यो ल्याब सञ्चालनमा आएको थियो।
 
त्यस अघि यस्तो नमुना परीक्षणगर्न भारत जानु पर्नेमा कम्पनीले देश भित्रै जाँचको अवसर दिलाएको हो। ल्याबले औद्योगिक उत्पादन परीक्षणकालागि विश्वविख्यात प्रयोगशाला उपकरण ब्रान्ड एजीलेन्टलाई प्रयोगमा ल्याएको छ।
 
उक्त ब्राण्डका एच.पी.एल.सी लगायतका उपकरणबाट नमुना परिक्षणलाई विश्वसनीय बनाउँदै आएको कम्पनीले जनाएको छ। ल्याबले औषधि व्यवस्था विभागको मापदण्ड अन्तर्गत प्रत्येक दुई वर्षमा उपकरण र प्रविधिको स्तरोन्नती गरिएको दावी गरेको छ।
 
ल्याबमा आयातीत तयारी औषधि र नेपाली औषधि उत्पादकले प्रयोग गर्ने विदेशी कच्चा पदार्थको गुणस्तर परीक्षणलाई आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारको प्रबन्ध भएको प्रबन्ध निर्देशक विजेश्वर पोख्रेलले बताए।

आगामी दिनमा अन्तराष्ट्रिय ल्याबबाट समेत सम्बन्धन प्राप्त गरी विदेशी उत्पादकका औषधिको नमुना परीक्षणको योजना बनाएको उनले जानकारी दिए। ल्याबले माइक्रोबायोलोजी परीक्षण सेवा समेत सुरु गरेको जनाएको छ।